-NRNA:संघलाइ एक-एक करोड रुपैया सापटी दिने उपाध्यक्ष पन्त र आरसी जोशी

NRNA:संघलाइ एक-एक करोड रुपैया सापटी दिने उपाध्यक्ष पन्त र आरसी जोशी

Hollywood Khabar September 11,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१२/१९

गैरआवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा केहि आर्थिक पार्टो खड्किएको कुरालाई सपोर्ट गर्न संघका अध्यक्ष भबन भट्टले आन्तरिक रुपमा सपोर्ट गर्न अनुरोध गरेका छन्।

सोहि आह्वानलाइ कदर गर्दै संघका उपाध्यक्ष कुमार पन्त र अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले एक-एक करोड आर्थिक सहयोग दिएका छन्। सो कुरा संघको आधिकारिक फेसबुक पेजबाट जानकारी गराइएको छ। कमेन्ट साइडमा अध्यक्ष भबन भट्टले धय्नावाद समेत ज्ञापन गरेका छन्।

सोहि बिषयलाइ लिएर गौरी जोशीले आफूले हिजो अर्थात सेप्टम्बर ११, २०१९ कै दिन अध्यक्ष भबन भट्टको आग्रहलाइ सम्मान गर्दै संघको खातामा रु १ करोड सहयोग जम्मा गरिदिएको बताए।

यो रकम सापटीको रुपमा भनिएता पनि अध्यक्ष भट्टले डोनेशन नै गर्न पनि प्रेरित गरेको बुझिएको छ। यसै कुरालाई एनआरएन भन्दा बाहिरका केहि मिडिया संघमा आफ्नो पहुँच देखाउन आर्थिक सहयोग भनेर लेखेता पनि यो सहयोग होइन सापटी हो।

संघको आगामी निर्वाचनमा अध्यक्षका आकांक्षी उपाध्यक्ष कुमार पन्त सफल होटल ब्यबसायी हुन्। त्यसैगरी क्षेत्रीय संयोजक गौरी जोशी सचिवका लागि आकांक्षी भएका छन्। जोशी आइटी, ल्याण्ड डेभ्लप लगायतको क्षेत्रका ब्यबसायी हुन्। पन्त र जोशी दुवै जना आर्थिक रुपमा सफल व्यक्तिहरु मानिन्छन।

जोशी आफ्नो चुनावी प्रचारको क्रममा सेप्टेबर १३, २०१९ मा लण्डनतर्फ जाँदै छन्। त्यसपछि एशियाका केहि देश जाने उनको प्लान रहेको छ।