९ माघ भक्तपुर । मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको विवादमा छुरा प्रहार गर्दा भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
छुरा प्रहारपछि फरार रहेका १५ र १६ वर्षीय दुई किशोरलाई प्रहरीले सिद्वपोखरीस्थित कान्तिपुर गेष्टहाउसबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक सबिन प्रधानले जानकारी दिए ।
चाररपाँच जना साथीसँगै बसेर मदिरा सेवन गर्दा भएको सामान्य विवादमा साथीले सुवालको छातीमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिँदै व्यासी कालोपाटीबाट प्रहार भएको छुरा बरामद गरेको जानकारी दिए ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!