एमाले महाधिवेसन सरगर्मी सुरु,१६ पदका लागि ७९ जनाको उम्मेदवारी

एमाले महाधिवेसन सरगर्मी सुरु,१६ पदका लागि ७९ जनाको उम्मेदवारी

Hollywood Khabar November 10,2021 Comments

आसन्न १० औं राष्ट्रिय महाधिवेसनका कारण नुवाकोटमा नेकपा एमालेको महाधिवेसन सरगर्मी वढेको छ । महाधिवेसनका लागि आवस्यक भन्दा धेरैले विहीवार उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेसनका लागि नुवाकोटवाट १६ जना प्रतिनिधि आवस्यक रहेकोमा त्यसको पचवर वढि अर्थात् ७९ जनाले उम्मेदवारी दिएका छन् । विदुरस्थित पार्टी कार्यालयमा रहेको महाधिवेसन प्रतिनिधि निर्वाचन समितिका अनुसार शुक्रवार उम्मेदवारी फिर्ता गर्न चाहनेले फिर्ता गर्दछन् भने शनिवार महाधिवेसन प्रतिनिधिका लागि निर्वाचन तय गरिएको छ ।

१२ स्थानीय तह रहेको नुवाकोटमा दुई वटा निर्वाचन क्षेत्र र चार वटा प्रदेश क्षेत्र रहेको छ । म्हिला, दलित तथा खुल्ला गरेर नुवाकोटको दुई वटा निर्वाचन क्षेत्रमार्फत १६ जनामात्रै प्रतिनिधि आवस्यक रहेकोमा क्षेत्र नं. १ र २ मा गरि ७९ जनाले उम्मेदवारी दिएका छन् । ६ जनामात्र महिला आवस्यक रहेकोमा १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । एक जना दलितका लागि ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

नुवाकोटमा नेकपा एमालेका संगठित सदस्यहरुका आधारमा महाधिवेसन प्रतिनिधि चयन गरिने भएको हो ।  नुवाकोटमा आठहजार नौसय ३६ जना संगठित सदस्य रहेका छन् । महाधिवेसमा जान प्रतिनिधिमा उम्मेदवारी दर्ता गराएकाहरुलाई संगठित सदस्यहरुले मतदान गर्नेछन् । यसैवीच, प्रमुख प्रतिपक्षि नेकपा एमालेको विभिन्न स्थानीय तहमा अधिवेसन गरेर नयां नेतृत्व चयन गर्ने कार्य भइरहेको छ । 

यस्तै, बुधबार सम्पन्न नेकपा एमाले बेलकोटगढी नगरपालिकाको प्रथम अधिवेसनले अध्यक्षमा रुपा सापकोटालाई चयन गरेको छ । अधिवेशनले सापकोटाको नेतृत्वमा निर्विरोध रुपमा नयां कार्यसमिति चयन गरेको छ । उपाध्यक्षहरुमा भोजप्रसाद पुडासैनी र पशुपति लोहनी चयन भएका छन् । एमाले नगर कमिटिको सचिवमा अनन्तराम नेपाल र सह–सचिवमा नारायण खनाल, सरस्वती तिवारी, जयन्ती तामाङ, बासुदेव गजुरेल र गेहेन्द्रबहादुर न्यौपाने निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । एमालेले नुवाकोटका १२ मध्ये १० वटामा अधिवेसन सम्पन्न गरिसकेको छ ।