US-Nepal Policy Research Center को तेश्रो सम्मेलन बोस्टनमा

Hollywood Khabar June 24,2018 Comments

कृष्ण के सी/अमेरिका
सन २०१६ मा अमेरिकाको टेक्ससमा एक नन-प्रफ़िट संस्थाको रुपमा स्थापना भएको US-Nepal Policy Research Center (USNPRC) नेपाली बिज्ञहरुको संस्था हो। सेन्टरले आफ्नो प्रथम सम्मेलन सिकागोमा सम्पन्न गरेको थियो। सौभाग्य नै मान्नुपर्छ स्थापना देखि नै सँस्थाको पहिलो सम्मेल र दोश्रो सम्मेलनको समाचार बनाउन र प्रचार-प्रसारमा सहयोग गर्ने मौका पाइयो।

बार्षिक रुपमा हुने सेन्टरको सम्मेलन दोश्रो पटक सेप्टम्बर २, २०१७ मा भर्जिनिया राज्यमा भएको थियो। यो बर्ष सेन्टरले आफ्नो तेश्रो सम्मेलन अगष्ट २५, २०१८ का दिन बोस्टनमा गर्ने कुरा सेन्टरका Executive Officer/Member-Secretary डा अर्जुन बन्जाडेले हलिउड खबरलाइ जानकारी गराउनु भएको छ। डा बन्जाडेले सम्मेलनमा पेस गरिने कार्यपत्रहरुको लागि बिज्ञहरुलाई अनुरोध समेत गर्नुभएको छ।

थप जानकारीको लागि:
Arjun Banjade, Ph.D.
Executive Officer/Member-Secretary
US-Nepal Policy Research Center
Cell: 214-680-2871
E-mail: usnprc@gmail.com
Web: http://www.usnprc.org