काँग्रेसबाट समानुपातिकमा परेका सांसद को को हुन् ? (सूचीसहित)

काँग्रेसबाट समानुपातिकमा परेका सांसद को को हुन् ? (सूचीसहित)

Hollywood Khabar December 09,2022 Comments

नेपाली काँग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदमा सिफारिस हुने नेताको सूची टुङ्गो लगाएको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको काँग्रेस पदाधिकारी बैठकले सांसदको सूची टुङ्गो लगाएको हो । 

काँग्रेसले समानुपातिकतर्फ पाएको ३२ सिटमा ३३ प्रतिशत महिला सांसद सुनिश्चित गर्नुपर्ने व्यवस्थाअनुसार २९ जना महिला र ३ जना पुरुषको नाम पठाउनुपर्ने छ । 

काँग्रेसले टुङ्ग्याएको समानुपातिकतर्फका सांसदको सूचीः

पुरुष 

१. जीवन  परियार

२. विमलेन्द्र निधि

३. प्रकाशशरण महत

आदिवासी जनजातितर्फ

१. सरस्वती बजिमय

२. लिलादेवी बोखिम

३. सीता कुमारी राना

४. सुशीला थिङ

५. सपना राजभण्डारी

६. माया राई

७. कुसुम थापामगर

८. मनोरमा सेरचन

खस आर्यतर्फ 

१. अम्बिका बस्नेत

२. सरिता प्रसाईं

३. आरजु राणा देउवा

४. ईश्वरी न्यौपाने

५. प्रतिमा गौतम

६. मञ्जु खाँण

७. रमा कोइराला पौडेल

८. कान्तिका सेजुवाल

९. मैना रावल कार्की

मधेसीतर्फ

१. नागिना यादव

२. मुक्ता कुमारी यादव

३. चन्दा चौधरी

४. संगिता मण्डल

५. निनुकुमारी कर्ण

दलिततर्फ 

१. शान्ति विक

२. रुपा विक

३. सीता मिजार

४. आशा विक 

थारुतर्फ 

१. कल्पना चौधरी

२. विना कुमारी थनेत

मुस्लिमतर्फ

१. जावेदा खातुन जागा