NRNA Middle East Regional Coordinator RK Sharma

NRNA: मध्यपूर्व क्षेत्रीय संयोजक गिरफ्तार:कारण पुष्टि भएको छैन

Hollywood Khabar October 22,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघका मध्यपूर्व क्षेत्रका क्षेत्रीय संयोजक राजेन्द्रकुमार-आरके शर्मा पक्राउ परेका छन्। आरके शर्मालाई अक्टुवर २०, २०१८ (अपुष्ट-चार दिन अघि भनिएको) मा कतारको प्रहरीले आफ्नै निवासबाट पक्राउ गरेको बताइएता पनि किन र कसरी पक्राउ भएको भन्ने कुरा जानकारी प्राप्त भएको छैन।

गैरआवासीय नेपाली संघका प्रबक्ता भुषण घिमिरेसंग सम्पर्क गर्दा उहाँले कुनै आधिकारिक कारणको जवाफ छैन तर उहाँलाइ घरबाट लागिएको कुरा परिवार श्रोतबाट थाहा भएको छ। उहाँ एक ब्यबसायी भएकोले कुनै सामान्य करका कुरा हुन सक्छन, कुनै अन्य कुरा पनि हुन सक्छ वास्तविक कुरा के हो त्यो ऐले सम्म थाहा भएको छैन।

संघका अध्यक्ष भबन भट्ट, महासचिव डा बद्रि के सी समेत यतिबेला नेपालमै हुनुहुन्छ। मेरो उहाँहरुसंग कुरा भएको छ। उहाँहरु पनि दुतावास मार्फत जानकारी लिने प्रयासमा हुनुहुन्छ। जुन रुपमा मिडियामा कुरा आएको छ ति सबै कुराको पछि लग्नु भन्दा पनि हामी दुताबास मार्फत जाँदैछौ। दुताबासले प्रयास गर्दैछ, जानकारी आएपछि मात्र आधिकारिक पुष्टि गरिने छ। ऐले सम्म मैले कुनै जानकारी या थप पुष्टि गरेको छैन। थुप्रै प्रयास जारि छ, मैले ऐले सम्म पाएको कुरा भनेको यति नै हो, प्रबक्ता घिमिरेले हलिउड खबरलाइ भन्नुभयो।