हारेको एनआरएनए अमेरिका र फ्लास ड्राइभले जितेका बिजेताहरु !!

Hollywood Khabar September 08,2017 Comments

दिक्षा बस्नेत
मित्ति २०१७/ सेप्टेम्बर ५ र ६ मा NRNA अमेरिकाको निर्बाचन मिती तय गरिएको निर्वाचन कमिटीले सुचना सार्वजानीक गरेको थियो, र East America को समय अनुसार सेप्टेम्बर ६ को राती १२ बजे चुनावी समय अर्थात भोट हाल्ने समय अन्तत सकिएको थियो।
करिव १ घण्टापछी चुनावी घोषणा सबैलाई जानकारी भैसकेको थियो। मिति २०१७/९/९ मा Published गर्ने भनिएको चुनावी घोषणा, जहा चुनाव सकिन पाउदा नपाउदैं छताछुल्ल हुन्छ भने निर्बाचन कमिटीले ती $ १५ तिरेर सदस्य बनी र भोट गरेका सदस्यलाई दिने जाबाफ केहि छ ? उहाँहरु नाजबाफ हुनुन्छ, किनकी आफ्नो खेलको अन्त्य सहर्ष स्वीकार्नु बाहेक अरु प्रतिबाद फलदायी छैन!!
जहाँ विभिन्न कठिन परिस्थितिका बाबजुत पनि NRNA अमेरिकाले चुनावी घोषणा गर्न सफल भएकोमा धेरै नेपालीहरु उत्सुकतामा थिए. जसोतसो टेनेसी अदालत बाट उम्किएर चुनाव गराउन सफल भएको थियो निर्वाचन कमिटी !! केहि नेपालीको मनमा आशाका किरण पलाएका थिए भने धेरै नेपालीको मनको बिश्वास NRNA अमेरिकाले गुमाइसकेको थियो/ यसको ज्वालंत उदाहरण करिव ३ लाख नेपाली रहेको अमेरिकामा मुस्किलले बल गरेर लगभग १५,००० नेपालीले पनि सदस्यता (Membership ) नलिनुले NRNA अमेरिकाको लोकप्रियता यसै पनि न्यून देखिन्छ नै !
तरपनि अन्तमा जम्मा ९,००० को हाराहारीमा मात्र भोट खस्नुले NRNA अमेरिकाले नेपालीहरुको मनमा उदासिनताको खेती लाइसकेको छर्लंग देखिन्छ ! के यही हो त गैर-नेपालीहरुको सस्था या आस्था भनौ भरोषा ? किन गुट, उपगुट र राजतिनिक खिचातानी अनि पैसाको खेल र पहुचको चालबाजी ?? के यहि हो परदेशमा रहेका नेपालीहरुको हित ??
पेन ड्राइभमा बोकेर हिडेको भोट, जनसम्पर्क समितीको सपोर्ट रे अनि प्रबासिमंच या अरु धेरैको चलखेल रे !! समाजसेवामा यी सब चलखेल किन शुरु भए ? जे जति बिजेता हुनुभएको छ, उहाँहरु अबको नया नेतृत्वले उदारहरणिय भन्ने चुनौति आएको छ , नत्र फेरिपनी NRNA अमेरिकाले यी नै नेपाली जनता माझ लज्जास्पत अनुहारहरु पस्कने अनि गुट उपगुट र झुटको पगरी गुथेर मात्र पदको भारी देखाई ठुला ठुला भाषण त्येर्सायाउने दोश्रो भूमिका पक्कै नहोस ! सम्पूर्ण बिजेतालाइ हार्दीक बधाई !!
जय एनआरएनए !!!