-NRNA:गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

NRNA:गैरआवासीय नेपाली संघद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण

Hollywood Khabar April 09,2020 Comments

कारोना संक्रमणबाट सुरक्षित हुनको लागि गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुको सहयोगमा नेपाल सरकारलाई सुरक्षा सम्बन्धि उपकरणहरु उपलब्ध गराउँदै छ।

आज बेलुका सम्म एनसिसि दक्षिण कोरियाको सहयोगार्थ प्रथमा चरणका लागि विभिन्न प्रकारका सुरक्षा सम्बन्धि उपकरणहरु नेपाल आउने भएको छ। आजै सो सामानहरु नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिने छ।

यसै सन्दर्भमा आज गैरआवासीय नेपाली संघले ५० वटा पिपिए नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरेको छ ।

यी सुरक्षा उपकरणहरु संघका उपाध्यक्ष सोनाम लामा र एशिया प्रशान्तका क्षेत्रीय संयोजक गोविन्द प्रसाद श्रेष्ठले ती अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्नु भयो।

गैरआवासीय नेपाली संघ

सचिवालय

१० अप्रिल २०२०