चौथो नागिन कपको उपाधि नबस्टार युवा क्लबलाई

चौथो नागिन कपको उपाधि नबस्टार युवा क्लबलाई

Hollywood Khabar February 11,2022 Comments

म्यागङ गाउँपालिका वडा नम्बर ५ मा सञ्चालन भएको चौथो नागिन कपको उपाधि नबस्टार युवा क्लबले जितेको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा रुद्राक्ष युवा क्लब बिदुर १२ र नबस्टार युवा क्लब म्यागङ ६ ले खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेका थिए । 
    उक्त खेल ट्राइबेगरमा गएको थियो । ट्राइबेगरमा ४–३ को अन्तरले नबस्टार युवा क्लब बिजयी भएको हो । नागिनथान युवा क्लबको आयोजनामा भएको प्रतियोगीताको बिजेता र उपबिजेता भएका खेलाडीहरुलाई प्रतिनिधिसभा सदस्य एव्म सांसद बहादुरसिंह लामा तामाङले प्रमाणपत्र सहित मेडल प्रदान गर्नुभएको थियो । प्रतियोगितामा बिजयी भएको क्लबलाई ८१ हजार उपबिजेता टिमलाई ४१ हजार नगद उपलब्ध गराइएको छ । 
    प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रतिनिधिसभा सदस्य एव्म सांसद बहादुरसिंह लामा तामाङले खेल क्षेत्रलाई व्यवसायिक रुपमा अगाडि बढाउन सबै पक्षको सहकार्य आवश्यक हुने बताउनुभएको छ । खेल र खेलाडीको पक्षमा आफु सधै सकारात्मक रहेको बताउनुहुदै सांसद लामाले सबै प्रकारको खेल र खेलाडीको विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 
    कार्यक्रममा जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य डाक्टर भिमलाल तामाङ, नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति जगतबहादुर तामाङ, म्यागङ गाउँपालिका उपाध्यक्ष शान्ती लामा गुरुङ, काङ्ग्रेस क्षेत्र नम्बर २ प्रदेश ख को सभापति गणेशमान तामाङ, म्यागङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्ष रामबहादुर तामाङ, नुवाकोट फुटबल क्लबको प्रबक्ता बिजय गुरुङ लगायतले खेल र स्वास्थ्य एक अर्का बिच परिपुरक रहेको बताएका छन् । 
    गत पुस २३ गते देखि सुरु भएको प्रतियोगितामा नुवाकोट धादिङ सहितको २६ वटा समुहले सहभागीता जनाएको ब्लको कार्यक्रम सम्योजक सुबास तामाङले बताउनुभयो । कार्यक्रममा मेन्दोमायाँ कलाकारहरु सागर एस वाईवा, सैलाप वाइवा, मोडल तथा गायिक रितु वाइवाले सांगितिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।