तस्बिर वेब

९ दिन ८ रात मनाइने बिस्का जात्रा आज सम्पन्न

Hollywood Khabar April 17,2019 Comments

५ बैशाख, भक्तपुर।भक्तपुरमा नौ दिन आठ रात मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का जात्रा बिहीबार सम्पन्न हुने भएको छ।आज साँझ टौमढीबाट भद्रकाली रथ तानेर घट्खा पुर्यााई गःहिटिबाट भैरबनाथको रथ तानातान गरी थने (माथिल्लो टोल) साकोठा, सुकुलढोका, गोलमढी, इनाचो, तचपालसम्म र कोने (तल्लो टोल) बुलुचा, नासमना, बंशगोपा, तेखापुखुसम्म लगेर पुनःटौमढी पाँचतल्ले मन्दिरको प्रांगणमा पुर्याुएर जात्रा सम्पन्न गरिन्छ। 

त्यसैगरी बिहीबार विहान स्थानीय तालाक्वको स्थित कुमाले टोलमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाएको ज्याठा गणेशको प्रतीक हात नभएको लिंगो विधिपूर्वक पूजाआजा गरी ढालिएको छ। हात नभएको लिंगोलाई छैठौं दिनमा मात्र ढाल्ने परम्परा छ।सो लिंगो नढाले साँझ जात्रा सम्पन्न गर्न भद्रकाली र भैरवनाथको रथ तान्न नहुने परम्परा रहेको छ।