-८० बर्षीय सभामुख पेलोसी सभामुख पदमा पुन:निर्वाचित, यो उनको चौथो कार्यकाल

८० बर्षीय सभामुख पेलोसी सभामुख पदमा पुन:निर्वाचित, यो उनको चौथो कार्यकाल

Hollywood Khabar January 03,2021 Comments

जनवरी ३, २०२१ आइतबार भएको ११७ औं कंग्रेसबाट ८० बर्षीय सभामुख नान्सी पेलोसी अमेरिकाको सभामुखमा पदमा पुन:निर्वाचित भएकी छिन, यो उनको चौथो कार्यकाल हो।

यस पटकको मतदानमा उनले २१६ मत प्राप्त गरेकी थिइन, उनका प्रतिद्वन्दी हाउस रिपब्लिकन लिडर केभिन मेकार्थीले २०९ मत ल्याएका थिए। हाउसमा डेमोक्र्याटिक पार्टीले थुप्रै सिट गुमाएका कारण यो पटक भने उनि झिनो मतले मात्र बिजयी भएकी हुन्। उनि २००६ मा पहिलो पटक सभामुख भएकी थिइन। अमेरिकी इतिहासमा सभामुख पेलोसी पहिलो महिला नेत्री हुन्।