७ बुँदे निर्देशन जारी गर्दै एकता कार्यदल भंग

Hollywood Khabar September 22,2018 Comments

८ असोज काठमाण्डौं।नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक विशेष सर्कुलर जारी गर्दै पार्टी तथा जनवर्गिए संगठनको एकिकरणका लागी बनाएको कार्यदल भंग गरेको छ।गत ५ गते बसेको बैठकले ७ वटै प्रदेशमा इन्चार्ज,सहइन्चार्ज, अध्यक्ष तथा सचिवहरुलाई प्रदेश नेतृत्वमा मनोनयन गरेको थियो भने एकताका लागी प्रतिवेदन सिफरिश गर्न बनेको कार्यदललाई आलोचनासहित भंग गरेको हो।अब एकता सम्बन्धी सम्पूर्ण निर्णय पार्टीको सचिवालयले गर्ने भएको छ। 

नेकपाका २४ जनवर्गिय संगठनमध्ये इन्जिनियरिङका २ वटा संगठनको एकता प्रक्रिया पुरा भएको छ भने महिला र किसान गरी २ वटा संगठनका कार्यदलले मात्रै सिफरिश प्रतिवेदन बुझाएका छन्।अन्य २० भन्दा बढी संगठनका एकता कार्यदलले प्रतिवेदन बुझाउन सकेका थिएनन्।

विशेष सर्कुलर जारी गर्दै अध्यक्ष द्वयले ७ बुँदे निर्देशन जारी गरेका छन्। –
१. प्रदेशका ईञ्चार्ज, सह-ईञ्चार्ज, अध्यक्ष र सचिवहरुको बीचमा नियमित बैठक बस्ने, पार्टीको विधान, नियमावली र निर्देशनहरुको मार्गदर्शन तथा विगतको सिफारिस समेतका आधारमा जिल्ला तहमा एकीकरण सम्पन्न गर्न आवश्यक गृहकार्य गर्ने
२. सम्बन्धित तहका पूर्व कमिटी र तिनका पदाधिकारी तथा सदस्यहरुसँगको परामर्श र सुझाव समेतका आधारमा जिल्ला मातहतका सबै तहमा एकीकरण सम्पन्न गर्ने
३. आफ्नो तह र मातहतका पार्टी कार्यालयहरुलाई एकीकृत गर्ने र नियमित एवं व्यवस्थित रुपमा सञ्चालन गर्ने
४. आफ्नो तह र मातहतको पार्टी सम्पत्ति एकीकृत गर्ने, आम्दानी र खर्चको संस्थागत प्रणाली स्थापित गर्ने र लेखाप्रणालीलाई व्यवस्थित गर्ने
५. पार्टी सदस्यता एकीकृत गर्ने, अभिलेख अद्यावधिक गर्नेे र केन्द्रीय सचिवालयमा बुझाउने ५. प्रदेश, जिल्ला र सो मातहतका विभिन्न तहमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना र सञ्चालन गर्ने
६. प्रदेश सरकार र स्थानीय तहको कामलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्ने, ती निकायहरुसँग समन्वय गर्दै विकास–निर्माण र जनसरोकारका रचनात्मक कार्यमा समग्र पार्टीशक्तिलाई परिचालित गर्ने
७. उपरोक्त बमोजिम कार्यसम्पादन गर्दा नीतिगत वा व्यवहारिक रुपमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रीय सचिवालयमा सम्पर्क गर्ने