साङ्केतिक तस्बिर साभार वेब

६ वर्षीया बालिका बलात्कार गर्ने एक व्यक्ति पक्राउ

Hollywood Khabar August 21,2019 Comments

५ भाद्र बाँके।बाँकेको कोहलपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक  व्यक्ति पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय कोहलपुरले बालिका बलात्कारको आरोपमा फरार रहेका कोहलपुर नगरपालिका-११,शान्तिनगरका ३८ वर्षीय गोविन्द दमाईलाई बिही बार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पीडित पक्षले गत असार २६ गते इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि दमाई फरार रहेका थिए ।

प्रहरीले करिब डेढ महिनापछि दमाईलाई बुधबार बाँकेको बैजनाथ गाउँपालिका-१,चिसापानी गाभरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेश बहादुर सिंहले जानकारी दिनु भयो।

गाउँकै बालिकालाई बलात्कार गरेकाे आराेपपछि फरार रहेका दमाईले आफन्तको सहयोग लिएर पीडित पक्षलाई आर्थिक प्रलोभन पारी मुद्धा मिलाउने प्रयास गर्दै आएका थिए । प्रहरीले बलात्कार जस्तो जघन्य मुद्धा मिलाउन भूमिका खेल्ने ८ जनालाई पनि पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश दमाईका आफन्त र नातागोता रहेका छन् । पक्राउ परेका दमाई यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको खुलेको प्रहरीले जनाएको छ ।