प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्दै

प्रधानसेनापति थापाद्वारा पाँचजना रथीहरुलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

Hollywood Khabar February 12,2019 Comments

नेपाल सरकार, मन्त्रीपरिषद्को २०७५ माध २५ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नती हुनु भएका पाँच जना सहायक रथीहरु बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई २०७५ फाल्गुन १ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ।

यसका साथै पदोन्नती हुनुभएका उपरथी बालकृष्ण कार्कीलाई सूदुरपश्चिम पृतनापति, उपरथी सरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, उपरथी अनन्त कार्कीलाई कार्यरथी विभाग, उपरथी सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र उपरथी ताराध्वज पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको छ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।