-चौथो नेपाली अन्तराष्ट्रिय फिल्म फेस्टिभल २०२१ हुँदै, संयोजकमा केपी पाठक

चौथो नेपाली अन्तराष्ट्रिय फिल्म फेस्टिभल २०२१ हुँदै, संयोजकमा केपी पाठक

Hollywood Khabar January 23,2021 Comments

हलिउडखबर अमेरिका, जनवरी २४, २०२१

अगष्ट २०१७ मा मुनाफा रहित संस्थाको रुपमा स्थापना भएको Nepal Film & Cultural Academy (NFCA) संस्थाले फिल्म फेस्टिभलको सुरुवात २०१८ बाट गरेको हो।

Nepal International Film Festival (NIFF) भनेर सुरु गरिएको फेस्टिभलले ३ वटा आयोजना पुरा गरेको छ। यो चौथो पटकको फेस्टिभलको लागि अध्यक्ष केपी पाठकको अध्यक्षतामा १३ सदस्यीय आयोजक कमिटी गठन भएको छ। २०२१ मे ६ देखि १० सम्म चल्ने कार्यक्रममा देशका विभिन्न सुपरिचित ब्यक्तिहरुको समेत उपस्थिति रहने छ।

हरेक फेस्टिभलमा अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकार, निर्देशक, पटकथाकार जस्ता महत्त्वपूर्ण ब्यक्तिहरुलाई ल्याउँदै आएको संस्थाले यस पटक भिन्न तरिकाले कार्यक्रम गर्ने योजना बनाएको पनि बताइएको छ। यो पटक गोष्ठी, सेमिनार, अन्तरक्रिया, विभिन्न देशका उत्कृष्ट फिल्म प्रदर्सन गर्ने, ती फिल्मका निर्माणलाइ सम्मान जस्ता कार्यक्रम थप गरिएका छन्।

आयोजक समितिमा निम्न व्यक्तिहरु निम्न निम्मेवारीमा रहेका छन्:

  • केपी पाठ - अध्यक्ष/संयोजक
  • प्रमोद भण्डारी- फेस्टिभल प्रोग्रामर, प्रोडक्सन म्यानेजमेन्ट
  • यादव कुमार भट्टराई- फेस्टिभल प्रोग्रामर (डिस्कोर्स)
  • टिना राजभण्डारी -अनलाइन, कम्युनिकेशन, डिजिटल मार्केटिङ, सामाजिक संजाल
  • सामिप्य तिमिल्सिना- मिडिया तथा प्रेस कोअर्डिनेटर
  • परिस्कृत श्रेष्ठ-फेस्टिभल प्रोग्रामर ( इभेन्ट मार्केटिङ कोअर्डिनेटर)
  • रसिक पाठक-क्रियटिभ डायरेक्टर (कन्टेन्ट)
  • पुकार तिमिल्सिना-प्रोडक्सन कोअर्डिनेटर
  • सदस्यहरु
  • कमल शर्मा
  • जेबी रुवाली
  • सुर्य श्रेष्ठ
  • सम्पदा मल्ल
  • शंकर दुलाल
  • सागर पाण्डेय

यो चौथो चलचित्र महोत्सवले नेपाली कलाको प्रवर्द्धन, नेपाली ब्यबस्थापकिय पक्ष, नेपालको पर्यटन उद्योगमा समेत ठुलो मद्दत पुग्ने बिश्वास लिइएको छ। कार्यक्रमलाई भब्य रूपमा सफल पार्न स्वदेशी तथा विदेशका समेत मिडिया, उद्योगी-व्यापारी र सरकारका संबंधित बिभाग मन्त्रालयको पनि महत्त्वपूर्ण सहयोग पुग्ने बिश्वास गरिएको छ।

 

सागर पाण्डेय

सदस्य

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल मुल आयोजक समिति