दुइ किलोमिटर टाढाको लामखुट्टे डिटेक्ट गर्ने झुल बनाउँदै चाइना

Hollywood Khabar April 04,2018 Comments

कृष्ण के सी/अमेरिका
चाइनाले दुइ किलोमिटर टाढाको लामखुट्टेको पंखेटा फ्ल्पाप गरेको पहिचान गर्ने सुपर सेन्सेटिभ रेडार सिस्टमको झुल बनाउंदै गरेको कुरा सार्वजनिक गरेको छ। यसका लागि चाइनाको Beijing Institute of Technology (BIT) मा प्रोटो टाइपको एउटा डिभाइसको ल्याब टेस्ट समेत सम्पन्न गरेको छ।

चाइनाले सो झुलमा चाइनाको मिसाइल डिफेन्स सिस्टमको प्रयोग गरिएको कुरा बताएको छ। ल्याब टेस्ट सम्पन्न भएको छ र अब छिट्टै सो प्रविधीको उत्पादनका लागि लगेर थुप्रै लामखुट्टेबाट हुने रोगबाट जनजीवनको उद्धार गर्नेछ। अमेरिकी Sea-based X-band Radar मिसाइल डिफेन्स प्रबिधीले ४००० किलोमिटर अर्थात २५०० माइलको दुरीमा रहेको बेसबल साइजको अबजेक्ट डिटेक्ट गर्न सक्छ।

विश्व स्वास्थ संगठनका अनुसार लामखुट्टेको टोकाइबट Malaria र Zika जस्ता भाइरसले हाल पनि बार्षिक एक मिलियन मानिसहरुको मृत्यू हुने गरेको छ। अब चाइनाको झुल बजारमा आयो भने धेरैको उद्धार हुने अनुमान गरिएको छ।