Picture: Himalayakhabar

NRNA:एनसीसी अमेरिकाको २०९३ जना सदस्यको श्रोत खुलेन:रिभेरिफिकेशन रिपोर्ट

Hollywood Khabar May 16,2019 Comments

ड्यालस/टेक्सस/हिमालय खबरबाट/५/१७/१९

अन्तिम अवस्थामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको चुनाव होला या नहोला भन्ने आशंक अब अन्त्य भएको छ ।

एनआरएनए एनसीसी अमेरिकाका सदस्यहरुको सम्बन्धमा उठेको विवादलाई निराकरण गर्नका लागि विहीबार गठन भएको समितिले शुक्रबार साँझ पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा २०९३ जनाको सदस्यता स्विकृती कस्ले ग-यो भन्ने श्रोत नभएको जनाइएको छ।

सदस्यता भेरिफिकेसन समितिमा रहेका बाल जोशीले २७०७, पवन योञ्जनले १७६४ र रामकुमार सुवेदीले २७७२ जनाको सदस्यता स्विकृत गरेका थिए। तीन जनाले जम्मा ६७४३ जनाको मात्र सदस्यता स्विकृत गरेका थिए। तर २०९३ जनाको स्वीकृति कस्ले गरे भन्ने श्रोत स्पष्ट नदेखिएको जनाइएको छ।

कसैले पनि प्रमाणित नगरेको देखिएको सदस्यहरु मध्ये केही आजीवन सदस्य रहेको र केहीलाई एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष डा केशव पौडेलले स्विकृत गरेको अनुमान पत्रकार सम्मेलनमा गरिएको छ।

समितिले आफुलाई तोकिएको जिम्मेवारी बमोजिम मात्र अध्ययन गरेर प्रतिवेदन निकालेको समितिका सदस्य विनय अर्यालले जानकारी दिए। अर्यालले निर्वाचन समितिबाट मागे अनुसारको सहयोग प्राप्त नभएको समेत सार्वजनिक गरे ।

एनआरएनए एनसीसी अमेरिकाले सदस्यहरुको विवरण सार्वजनिक नगरेपछि क्षेत्रीय संयोजक गौरीराज जोशीले त्यस विषयमा अध्ययन गर्न गत साता समिति गठन गरेका थिए। तर यो समितिलाई कुनै पनि प्रकारको सहयोग एनआरएनए एनसीसी अमेरिकाले गरेन। सोही कारण क्षेत्रीय संयोजक जोशीले निर्वाचन स्थगित गर्न आयोगलाई अनुरोध गरेका थिए ।

विवाद बढ्दै गएपछि सोही विषयलाई टुंगो लगाउन विहीबार पाँच सदस्यीय समिति गठन भएको थियो। समितिमा अर्याल लगायत विजयराज भट्टराई, पदम भण्डारी, दिनेश शर्मा र ओम भट्टराई सदस्य थिए ।

शुक्रबार साँझ समितिले युलेसमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतिवेदन सार्वजनिक गर्दै कस्ले सदस्यता स्वीकृत गरेको हो भन्ने एकीन नभएको, सदस्यता आवेदन गर्नेको सर्भर आइपी नभै क्लाइन्ट आइपी राख्नु पर्ने लगायतका सुझावहरु दिएको छ ।