फिप्नाको आयोजनामा अन्तराष्ट्रिय नारीदिवसको अवसरमा छलफल कार्यक्रम सम्पन्न

Hollywood Khabar March 28,2024 Comments

नेपाल आदीवासी जनजाती महासघं अमेरीका (फिप्ना) ले मार्च २५ आईतबारको दिन अन्तराष्ट्रिय नारीदिवसको अवसरमा छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पुर्व कृषी राज्यमन्त्री तथा बागमती प्रदेशका पुर्व उपसभामुख राधीका तमाङ अनेरास्ववियुका केन्द्रीय अध्यक्ष आरती लामा, आदिवासी जनजाती महिला महासघंका संस्थापक अध्यक्ष संगिनी राना मगर यसै गरी सोसियल सेकुरिटी लाईसेन्स प्रप्त प्रशिक्षक डाजिमा शेर्पा प्रमुख वक्ताको रुपमा रहेका थिए।

संस्थाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सचांलक महासचिव दिपक चौधारी र सचिव शान्ती गुरुङले गर्नुभएको थियो भने सम्पुर्ण अथिती एवं आमणंत्रित हरुलाई फिप्नाका वरिष्ठ उपअध्यक्ष तुल बहादुर तमाङले स्वागत मन्तव्य दिनुभएको थियो। कार्यक्रममा फिप्नाका सलहाकार सघिंयपरिषदका सभामुख भारती राई  सदस्य संस्थाका अध्यक्षहरु नेपाल सरकारका पुर्व पर्याटन सदभावना दुत केशव राम राई र अन्य संघ-संस्थाका प्रतिनिधि र व्यक्तीहरुको उपस्थित रहेका थिए।