कांग्रेसको मानव अधिकार समाजले गृहमन्त्री लामिछानेको राजीनामा माग्यो

Hollywood Khabar March 25,2024 Comments

नेपाली कांग्रेस पार्टीको नजिक रहेको मानव अधिकार तथा शान्ति समाज नामको संस्थाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ। यति मात्र होइन आफू चाहिं पार्टीको हुने तर अरुलाई नैतिकताको पाठ पनि सिकाउने प्रयास गरेको छ। 

नेपाली काँग्रेसकै बक्तब्यलाइ हु-बहु जस्तै रुपमा सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै समाजले लामिछाने आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ। बहुचर्चित सहकारी घोटाला प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताका तथ्यहरु सार्वजनिक भइसकेको सन्दर्भमा शीघ्र निष्पक्ष एवं प्रभावकारी छानबिन अघि बढाउन शान्ति समाज आग्रह गर्दछ। नैतिक रुपमा रवि लामिछाने स्वयंले मार्ग प्रशस्त गर्नुपर्दछ।