बलेवा समाज अमेरिकाको फागु पुर्णिमा कार्यक्रम सभ्य र भब्यरुपमा सफल

Hollywood Khabar March 25,2024 Comments

मिति मार्च २४, २०२४ कों दिन न्युयोर्कको ब्रूक्लिनमा रहेको हाइल्याण्ड पार्कमा बलेवा समाज अमेरिकाले रङहरुको पर्ब होलि (फागु पुर्णिमा) कार्यक्रमको आयोजना गरि कार्यक्रम सभ्य र भब्यरुपमा सफल गरेको छ ।बलेवा समाज अमेरिकाका अध्यक्ष श्री प्रदिप खत्रीको सभापतित्वमा संचालित कार्यक्रमको संचालन बलेवा समाज अमेरिका का संरक्षक तथा बाग्लुंङ सेवा समाज अमेरिकाको महासचिब श्री कृष्ण राज सुबेदी ले गर्नु भएको थियो। होलिको रंग लगाउने कार्य बालिका सुबु गौतम बाट सुरु गरि बलेवा समाज अमेरिकाको अध्यक्ष्य श्री प्रदिप खत्री, बाग्लुंग सेवा समाज अमेरिकाको अध्यक्ष श्री सकस बहादुर घर्ति क्षेत्री र लुम्बिनी वल्डवाइड कन्सल्टटेन्सी संचालक तथा समाज सेवी श्री मनमोहनसिंह बाट सहभागी सबैलाई रङ लगाई दिनु भयो र पछी सबै एक आपसमा रङ लगाई होलि पर्वलाई उत्सबमय ढंगबाट मनाइएको जानकारी बलेवा समाज अमेरिका को महासचिव प्रकाश अधिकारी ले हामीलाई  जानकारी दिनु भयो।DJ LX ले  पन्चेबाजा लगायत बीभिन्न नेपालि लोक संगीत धुनमा त्यहाँ उपस्थित सबै लाई नचायको र उक्त कार्यक्रम मा नेपालि अमेरिकन कलाकार संघ, अमेरिकाकी अध्यक्ष बसन्ती राई र महासचिव संगीता थापा लागायत अन्य कलाकारको उपस्थिति र उहाहरुको नाचले झनै रमाइलो बनाएको बलेवा समाज अमेरिका का कार्यक्रम संयोजक सन्तोष क्षेत्री ले बताउनु भयो।कार्यक्रममा राफल चिठा उपहार पनि खेलाइएको र  राफल चिठाको बिजेता प्रथम, दिप्तिय र तृतीएलाई क्रमस आईप्याड, यप्पल वाच र इएरफोन उपहार प्रदान गरिएको जानकारी संस्था का  उपाध्यक्ष रबीन्द्र जि.सी दिनु भयो।

त्यस कार्यक्रममा Happy Holi बलेवा समाज अमेरिका लेखिएको टिसर्ट उपलब्ध गराइएको र नास्ता, खानाको समेत ब्यबस्था गरिएको अनिल रोका बलेवा समाज अमेरिका का युवा संयोजक अवगत गराउनु भयो ।बलेवा समाजको त्यस होलि कार्यक्रम मा सफल बनाउन सहयोग गर्नु हुने बिभिन्न संघ संस्थाका प्रतिनिधि,सहयोगी दाता र नेपाली अमेरिकन कलाकार संघ को नया कार्यसमिति लाई प्रमाणपत्रद्वारा सम्मान गरेको र उक्त कार्यक्रम बिहान ११ बजे देखि  बेलुका ६ बजे सम्म डिजे LX को साथ मा नाच, गान ,रंग र बिभिन्न नेपाली परिकार का साथ रमाइलो गरी समापन भयको बलेवा समाज अमेरिका का संरक्षक कृष्ण राज सुबेदीले हामी लाई जानाकारी दिनु भयो। होली कार्यक्रम बलेवा समाज अमेरिका ले हरेक बर्ष मनाउदै आयको समाज का सचिव गणेश हरिजनले भन्नु भयो।

बाग्लुग सेवा समाज अमेरिका र बलेवा समाज अमेरिका ले यही आउदो April 14,2024 मा चैते दशै मेला तथा नेपाली नया बर्ष २०८१ शुभकामना आदान-प्रदान कार्यक्रम न्यू योर्क को कोरोना पार्क मा गर्न गयको र न्यु योर्क लागायत अन्य राज्य मा रहेका सम्पूर्ण नेपाली हरु लाई निमन्त्रणा रहेको बाग्लुग सेवा समाज अमेरिका का अध्यक्ष सकस जि.सी. हामी लाई जानकारी दिनु भयो ।