बाताबरण नभएको लगानी सम्मेलनले ल्याउने नतिजा पनि सून्य नै हो

Hollywood Khabar March 19,2024 Comments

नेपाल सरकारले २०१७, २०१९ पछि यो २०२४ तेश्रो पटक नेपालमा लगानी सम्मेलन भनेर आयोजना गरेको छ। बिगतका दुइ लगानीले के के उपलब्धि भयो त्यसको प्रतिवेदन भने दिएको छैन। अप्रिल २८-२९, २०२४ मा आयोजना गरिएको लगानी सम्मेलनको प्रचार नेपाल सरकारले गतिशीलताका साथ् गर्न लागेको छ। 

लगानी सम्मेलनको वेबसाइटमा दिएको जानकारी हेर्दा लगानीका क्षेत्र, अवसर जस्ता कुरा छन्। बिगतको सम्मेलनको निचोड पनि छन् तर कोलाबरेशन, रिपार्टेशन र बिमा जस्ता कुरामा सरकारको नीति मौन छ। यति मात्र होइन बिगतका दुइ सम्मेलनको उपलब्धि के के भए, कुन कुन क्षेत्रमा लगानी आए, कहाँ कहाँ नेपाल सरकारले लगानीका लागि भएका अड्चन फुकाइदियो र सुलभ गरिदियो, प्राप्त निचोड कार्यान्वयन कुन कुन भए र त्यसमा संसोधन के के गर्नुपर्ने हो त्यो भने बोलेको छैन।

त्यसैले यो सम्मेलन पनि सार्क सम्मेलन जस्तो एउटा औपचारिकता र हल्ला मात्र सावित हुने संकेत देखिएको छ। तयारी राम्रो होला तर बिगतको योजना कार्यान्वयन नगर्नु, लगानी कर्ता सुरक्षित नहुनु, रिपार्टेशनको नीति स्पष्ट नहुनु, वान डोर पोलिसी नहुनु, लगानीको सुरुवातमा कमिशन चक्करले दुख दिनु जस्ता कुराले यो सम्मेलन जति पटक गरेपनि उपलब्धि भने कम हुने प्रष्ट नै छ।