एनआरएनए अध्यक्ष कुँवरले कोरिया-नेपाल कृषि उत्पादन बिजनेशन कोलाबरेशन गर्दै

Hollywood Khabar March 15,2024 Comments

गैरआवासिय नेपाली संघका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका सामाग्रीहरु नेपालमा विक्रि वितरण र नेपाली अदुवा, बेसार लगायतका कृषिजन्य उत्पादन कोरिया निर्यात गर्नका लागि नेपालमा कोरिया-नेपाल बिजनेश कोलाबरेशन सुरु गरेका छन्।

कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । किम्जे कृषि सहकारी संस्थाका अध्यक्ष लि जङ योङ र विजे इन्टरनेशनल प्रालिका तर्फबाट विनोद कुँवरले बिहीबार ललितपुरको कोरियन बार्बिक्यु रेष्टुरेन्टमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन्।

कोरियामा रहेका कृषकहरुले उत्पादन गरेको चामल, बेसारबाट बनेको मादक पदार्थ तथा अन्य उत्पादनहरु नेपालमा बिक्रि वितरणका साथै नेपालमा समेत कोरियन प्रविधिबाट उत्पादन गर्नका लागि सहयोग गर्ने गरी सम्झौता गरिएको अध्यक्ष विनोद कुँवरले जानकारी दिए।