NRN कार्ड भएपनि नेपालमा भिसा शुल्क तिर्नुपर्छ, आफ्नै भोगाइ, समय मिले पढ्नुहोस

Hollywood Khabar March 12,2024 Comments

कृष्ण के सी, मार्च १२, २०२४ बिहानको ३:३० बजे 

करिब २ बर्ष पछि म कतार एयर हुँदै अमेरिकाबाट मार्च ९, २०२४ शनिबार उडेको मान्छे मार्च ११ सोमबार बिहान नेपाल पुगे। यहाँहरुलाइ थाहा नै छ पूर्व जाँदा समय हराउँछ र पश्चिम जाँदा समय बढ्छ, यसको कारण भने मलाइ थाहा छैन। अर्थात अमेरिका देखि नेपाल पुग्दा एक दिन हरायो अनि तिन (३) दिन लाग्यो फर्कंदा चाहिं दुइ (२) दिन लाग्छ, एक (१) दिन थपिन्छ।

प्रसङ्ग

१. एउटा भारतीय नागरिक मेरो अगाडी थियो भने लुरु-लुरू अध्यागमन डेस्कमा जान्छ, भारतीय नागरिक भएकाले बिना-भिसा एराइभ स्ट्याम्प पाउँछ, निस्कन्छ। म र हामी चाहिं आफ्नै थाक-थलो, वंशज नेपालीले भने त्यो भरातीय नागरिक सरहको सुविधा पनि पाउँदैनौ।

२. म र हामी, धेरै नेपाली र नेपाली मुलका बिदेशी र बिदेशीहरु भने ढोकाको देब्रेतिरका सुन्दर तर वाक्क लाग्ने KIOSKS (मशिन) मा अल्झियौं, भिसा फर्म भर्नको लागि। कति चाहिं सोझै अगाडीको बैंक काउण्टरमा भिसा शुल्क तिर्न खडा भए। 

३. KIOSKS मशिन मध्ये कतिपयले काम नै गर्दा रहेनछन, गर्नेले पनि कठिन रुपमा। मशिनमा पासपोर्ट स्क्यान हुने सुविधा छ तर स्क्यान भएन।

४. कतिपय सूचना नेपाली मुलको भएकाले भरिएला तर केहि दिनको लागि घुम्न या ट्रान्जिटमा आउने बिदेशीले आफू बस्ने ठाउँ, पालिका, वडा नम्बर, नेपालको फोन मम्बर किन भर्नुपर्ने हो त्यो भने मैले बुझिन।

५. युद्धै लडेर जितेको जस्तो भिसा फर्म भर्ने पालो आयो। मेरो NRN Card छ तर फर्म भर्दा GRATIS VISA (निशुल्क) को अप्शन देखाएन, विकल्पमा भिजिट भिसाको लागि क्लिक गरे। स्लिप प्रिन्ट नभएको त २०१६/१७ तिर देखि नै हो। त्यो बेला देखि डा. प्रकाशशरण महत, कृष्णबहादुर महरा, प्रदिप ज्ञवाली, रघुवीर महासेठ, केपी शर्मा ओली, डा. नारायण खड्का, डा. बिमला राइ पौडेल, एनपी साउद हुँदै वर्तमानमा नारायणकाजी श्रेष्ठगरी जम्मा ९ जना नेताहरु परराष्ट्रमन्त्री  फेरिनुभएछ तर त्यो मशिन मेरिनु जरुरी थियो या थिएन थाहा छैन, बनेको चाहिं रहेनछ। स्क्रिनश्ट लिनुपर्ने रे तर सबैको स्मार्ट डिभाइस नहुन सक्छ। कतिपय बृद्ध पनि हुन्छन जसको स्मार्ट दिभासी नहुन सक्छ। के यस्ता कुराको औचित्य हेरियोहोला?

६. अरु देशमा त्यो मशिनमा पासपोर्ट स्क्यान गर्दा जानकारी देखाउँछ, पढेर आफूले कन्फर्म गरेपछि फोटो खिचेर प्रिन्ट भएको स्लिप लिएर अध्यागमनको लाइनमा जाने, देश अनुसारको भिसा प्रक्रिया हुन्छ अनि निस्कने हो।

७.  नेपाल सरकार परराष्ट्र मन्त्रालयको वेबसाइटमा गएर हेर्दा गैर आवासीय नेपाली परिचय पत्र (NRN Card) के हो, कसले पाउने, कसरी पाउन सकिन्छ जस्ता बुँदागत रुपमा साजिलो हुनेगरी जानकरी दिएको छ, यसका लागि धन्यवाद तर कतिपय देशमा सजिलै कार्ड दिन्नन, नदिनाको कारण पनि दिन्नन।

यसबारे नेपाल सरकार के भन्छ ?

NRN

“Non-resident Nepali” means a foreign citizen of Nepali origin and this term also includes a Nepali citizen residing abroad. “Foreign citizen of Nepali origin” means a person who him/herself or whose father, mother, grandfather or grandmother was a citizen of Nepal at any time and has subsequently acquired the citizenship of any other foreign country other than a member country of the South Asian Association of Regional Co-operation (SAARC). “Nepali citizen residing abroad” means a Nepali citizen who has been residing in any foreign country for at least two years engaged in any profession, occupation, business and employment except a Nepali citizen residing in a member country of SAARC or serving in a diplomatic mission or consulate situated in a foreign country under the assignment of the Government of Nepal and pursuing studies in an academic institution in a foreign country.

८. म NRN GRATIS भिसाको डेस्कमा खडा भए। अफिसरले राम्रोसँग भन्नुभयो, तपाइको पासपोर्ट नयाँ रहेछ भिसा शुल्क तिर्नुपर्छ। मैले मेरो NRN कार्ड साथै दिएको हो, पुरानो पासपोर्ट देखाएँ तर पनि भएन। कुनै पनि देशको इमिग्रेशनमा झगडा गर्नु राम्रो हुँदैन त्यसैले मैले हाँसेर नै ३० दिनको लागि सायद संसारकै महँगो भिसा शुल्क तिरे। NRN कार्ड भएकाले भ्यालिड हुँदाको अबधि सम्म भिसा शुल्क तिर्नु नपर्ने हो। अफिसरलाइ सोधें मैले भिसा कन्भर्ट गर्न के गर्नुपर्छ ? उहाँले कालिकास्थानमा जानु भन्नुभयो। धन्यवाद दिएर निस्किए।  

९.  मार्च ११, २०२४ मंगलबार। म अध्यागमनको कार्यालय, कालिकास्थान गए। दायाँबाट तेश्रो विण्डोको लागि लाइनमा खडा भए। करिब ३० मिनेटजतिमा पालो आयो। तर सोध्नुभयो, अनलाइन अपलाई गर्नुभयो ? मैले जवाफ दिएँ -छैन। उहाँल भर्न सकेत गर्नुभयो। मसँग कम्पुटर र हटस्पट इन्टरनेट थियो। फर्म भर्न लाग्दा कुन फर्म भर्ने त्यो कठिन, फेरी सोधे, कन्भर्ट भर्ने रहेछ। १५/२० मिनेटमा फर्म भरियो। 

१०. फेरी लाइनमा खडा, करिब १०/१५ मिनेटमा पालो आयो तर यो पटक उहाँले भित्तातिरको विन्डोमा जानभन्नुभयो। फेरी अर्को लाइन सुरुभयो। २० मिनेटजतिमा पालो आयो, प्रक्रिया सुरुभयो, कुर्न भन्नुभयो। 

११. करिब २ घण्टा जति कुरेपछि बल्ल पासपोर्ट आयो, मैले वर्तमान भिसा सकिएपछि नियमित हुनेगरि ३६५ दिनको लागि निवेदन गरेको थिए। तर आएछ डिसेम्बर ३, २०२४ देखि ३६५ दिनको लागि। मतलब, त्यो भन्दा पहिला म नेपाल आउनुपर्दा फेरी भिसा लिनुपर्छ। मेरो पासपोर्टमा भएको GRATIS VISA डिसेम्बर २०२४ देखि लागु हुने भएकाले त्यो अगावै नेपाल आउँदा फेरी भिसा शुल्क तिर्नुपर्छ अथवा के ?

प्रश्न: 

१. पासपोर्ट फेरिंदैमा मेरो NRN CARD भ्यालिड हुँदैका बखत भेरिफाइ गरेर GRATIS VISA दिनुपर्ने होइन र ?

२. यदि होइन भने NRN CARD को सूचना र ऐन-कानुन, नियमावली, कार्यविधि इत्यादीमा त्यो कुरा किन उल्लेख भएन?

३.  ऐन-कानुन, नियमावली, कार्यविधिमा नभएको कुरा लागु गर्न पाइन्छ ? पाइन्छ भने कसरी ?

४. यसो यो किन भयो ?

५. मेरो पासपोर्टमा भएको GRATIS VISA डिसेम्बर २०२४ देखि लागु हुने भएकाले त्यो अगावै नेपाल आउँदा फेरी भिसा शुल्क तिर्नुपर्छ अथवा के ?

जानकारीको लागि

यदि तपाइको NRN CARD छ तर नयाँ पासपोर्ट बनाउनु भएको छ भने नेपाल आउनु पहिला नै सके नेपाली राजदूताबासबाट कन्सुलर सेवा लिएर आउनु होस्। या भिसा शुल्क तिरेर मात्र अध्यागमनमा जानुहोला नत्र मैले जस्तो दु:ख पाउनुहुनेछ। 

नोट: अर्को कहानी चाहिं गैर आवासीय नेपाली नागरिकाताबारे जिल्ला प्रशाशन कार्यालय ललितपुरको रोचक स्थलगत अनुभव आउँदै छ। कृष्णार्पण!