गैरआवासीय नेपालीलाइ कामको प्राथमिकता लिस्टमा राख्ने पहिलो परराष्ट्रमन्त्री श्रेष्ठ

Hollywood Khabar March 06,2024 Comments

नेपालको इतिहासमा पहिलो पटक परराष्ट्रमन्त्रीले आफ्नो कामको प्राथमिकतामा गैरआवासीय नेपालीलाइ लिस्ट गरेका छन्। दोश्रोपटक परराष्ट्रमन्त्रीको जिम्मेवारी लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना गर्ने कामको प्राथमिकतामा गैरआवासीय नेपालीलाइ उल्लेख गरेका हुन्। उनले विभिन्न १२ कमको लिस्टमा गैरआवासीय नेपालीबारे २ बुँदालाइ स्थान दिएका छन्। अहिले सम्म कुनै पनि परराष्ट्रमन्त्रीले गैरआवासीय नेपालीबारे यसरी उल्लेख गरेका छैनन।

पहिलो कुरा विदेशमा बस्ने नेपालीबारे, वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरुको हितको रक्षा गर्ने कुरालाई आफ्ना महत्वपूर्ण कार्यको अभिन्न अङ्ग बनाउने छौं। त्यसैगरी दोश्रो कुरा नेपाली मुलका बिदेशीको पक्षमा गैरआवासीय नेपालीहरूको भौतिक र बौद्धिक पुँजीलाई नेपालको विकासका निम्ति परिचालन गर्न प्रोत्साहित गर्नेछौं । गैर आवासिय नेपालीका जेन्युन कन्सर्नलाई सम्बोधन गर्न ध्यान दिनेछौं भनेका छन्।