अमेरिकी राष्ट्रपति निर्वाचन २०२४ को लागि हुने पहिलो रिपब्लिकन डिबेटमा पूर्व राष्ट्रपति ट्रंप नजाने

Hollywood Khabar August 23,2023 Comments

आगामी बर्ष अर्थात २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको लागि हुने पहिलो रिपब्लिकन डिबेट अगष्ट २३, २०२३ मा हुँदैछ। Milwaukee, Wisconsin मा हुने सो डिवेटमा राष्ट्रपतिका फ्रन्ट रनर बनेका पूर्व राष्ट्रपति डाल्ड ट्रंप भने नजाने भएका छन्।

अहिले सम्म रिपब्लिकन पार्टीका तर्फबाट नौ (९) जना आकांक्षीहरु मैदानमा आएका छन्। एनपीआर न्यूजका अनुसार रिपब्लिकनहरुको पहिलो प्रेसिडेन्सियल डिबेट Milwaukee, Wisconsin मा आज हुँदैछ। सो डिवेटमा रिपब्लिकन पार्टीका फ्रन्ट रनर पूर्व राष्ट्रपति ट्रंप भने नजाने भएका छन्।

तर सोहि समय या आसपासमा पूर्व राष्ट्रपति ट्रंपको फक्स न्यूजका पूर्व न्यूज होष्ट Tucker Carlson सँग भएको उनको अन्तर्वार्ता आउने भएको छ। आज हुने २ घण्टा लामो डिवेटको प्रत्यक्ष प्रसारण Fox News र यसका नेटवर्क माध्येमाहरुबाट हुनेछ।

डिबेटका सहभागी आकांक्षीहरु

  1. Mike Pence, Former Vice President
  2. Tim Scott, Senator, South Carolina
  3. Ron DeSantis, Florida Governor
  4. Nikki Haley, Former UN Ambassador
  5. Vivek Ramaswamy, Entrepreneur and Author
  6. Chris Christie, former New Jersey Governor
  7. Doug Burgum, Governor of North Dakota
  8. Asa Hutchinson, Former Arkansas Governor