४ असोज चितवन।चितवनको एक बिद्यालयका प्रधानाध्यापक विद्यार्थी कुट्दा कान फुटेको छ।नवलपुरको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गर्दा कान फुटेको हो।घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ।
विद्यालयमा निर्धारित समयभन्दा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमान सहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए।प्रधानाध्यापक श्रेष्ठले आफुले कुटेको स्वीकार गरेका छन्।खुमानलाई गालामा कुट्दा कानमा लागेर रगत बताएका छन् ।