-१२ दिन बाँकी रहँदा राष्ट्रपति ट्रम्पलाइ हटाउने २ मध्ये एक बिधि अपनाउन जोड

१२ दिन बाँकी रहँदा राष्ट्रपति ट्रम्पलाइ हटाउने २ मध्ये एक बिधि अपनाउन जोड

Hollywood Khabar January 07,2021 Comments

नोवेम्बर ३, २०२० मा भएको अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन (डेमोक्र्याट) राष्ट्रपतिमा र सिनेटर कमला ह्यारिस (डेमोक्र्याट) उपराष्ट्रपतिमा निर्वाचित भए। राष्ट्रपति डनल्ड ट्रम्प (रिपब्लिकन) ले निर्वाचनमा पराजय भोगे। तर पनि उनले निर्वाचनको परिणाम स्वीकारेका छैन।

जनवरी ६, २०२१ मा राष्ट्रपति ट्रम्पले प्रोटेष्ट र्याली गरेर क्यापिटल हिलमा जान निर्देशन गरे। प्रदर्शनकारीले कंग्रेस चेम्बरमा सेमत तोडफोड गरे। सोहि समयमा निर्वाचनलाई सर्टीफाई गर्न बसेको कंग्रेस (संयुक्त सदन) प्रभावित भयो। बिचमा केहि रिपब्लिकन सिनेटरहरुले अब्जेक्शन गरेका थिए। तर पनि पछि राती ४ बजे सम्म भएको संयुक्त बैठकले बाइडेन-ह्यारिसलाइ बिजेता सर्टीफाई गरेको छ।

यसैबीच राष्ट्रपति ट्रम्पलाइ बाँकी १२ दिन पनि अफिसमा बस्न दिनुहुन्न हटाउनुपर्छ भनेर रिपब्लिकन नेता र हाउस स्पिकर नान्सी पेलोसीले समेत भनेकी छन्। राष्ट्रपति ट्रम्पकै क्याबिनेट सदस्य र उनका प्रशाशनका थुप्रै अधिकारीहरुले राजिनामा दिन थालेका छन्। धेरैले राष्ट्रपति ट्रम्पलाइ हटाउनको लागि जोड गरेका छन्।

यसबेला राष्ट्रपति ट्रम्पलाइ हटाउने पहिलो तरिका २५ औं संसोधित ब्यबस्था अनुसार उपराष्ट्रपति माइक पेन्सले क्याबिनेटबाट अविश्वाशको मत लिएर कंग्रेसमा जाने। त्यसपछि कंग्रेसले राष्ट्रपति ट्रम्पलाइलाइ हटाएर उपाराष्ट्रपतिलाइ फुल पावर सहित बाँकी अवधिका लागि कार्यबाहक राष्ट्रपति घोषणा गर्ने।

दोश्रो तरिका हाउसले फाष्टट्रयाकमा गएर महाअभियोग लगाएर पासा गर्दै सिनेट ट्रायलमा पथाउने। सिनेटले बहुमतले उनलाई हटाउने। वर्तमान हाउस डेमोक्र्याटको मेजोरिटी छ। सिनेटमा ५०/५० छ। उपराष्ट्रपतिले टाइब्रेकर मत दिन पाउँछन्। यो केशमा थुप्रै रिपब्लिकनले सिनेटरले नै महाभियोगको प्रस्तावमा जान भनेकाले सिनेटबाट पनि महाभियोग यो पटक पास हुन सक्छ। यदि यसो भयो भने इतिहासमा नै राष्ट्रपति ट्रम्प दोश्रो पटक महाभियोग भोग्ने पहिलो राष्ट्रपति हुनेछन।