-अर्थमन्त्री डा युवराज खतिवडा

बिदेशमा रहेका नेपाली घर ल्याउन ११ अरब, कुवेतमा २८०० जना शिविरमा, स्वदेश ल्याउने काम भएन

Hollywood Khabar May 27,2020 Comments

हलिउडखबर/अमेरिका/५/२८/२०

कोभिड १९ बाट प्रभावित बिचल्लीमा परेका नेपालीहरुलाई स्वदेश ल्याउन नेपाल सरकारले ११ अर्ब ६० करोड रकम विनियोजन गरेको बताइएको छ। तर ल्याउने काम भएन सुरु भएको छैन।

नेपाल सरकारले कोभिड १९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन बजेट विनियोजन गरेको छ। त्यसरी ल्याइएकाहरूलाई सिप सिकाउने घोषणा पनि सरकारले गरेको छ। नेपाल सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमा सो बिनियोजन गरेका सुनाएका थिए। यो राम्रो काम हो थियो। यी दुवै निर्णय हेर्दा राम्रो त देखिन्छ तर अलपत्रमा परेका नेपालीहरु ल्याउने काम भने सुरु गरेको भने छैन।

कुवेतमा मात्र हजारौं नेपाली स्वदेश फर्कनु पर्ने बाध्यात्मक स्थितिमा छन्। त्यसैगरी मध्यपूर्वका थुप्रै देशमा त्यहि हालत छ। त्यसमाथि पनि २८०० जना नेपालि चाहिँ ४ हप्ता पहिला देखी कुवेतको शिविरमा छन्। उनीहरु मध्ये कतिपय त रोजगारीको संझौता सकिएर कानुनी हैसियात नरहेपछि थुनामा पर्ने स्थिति पनि छ। जे सुकै भएता पनि कुवेत सरकारले यो पटक सबैलाई घर जान आम माफी दिएको छ। यति मात्र होइन फर्कन फ्लाइट टिकेट पनि दिने भनेको छ। तर पनि नेपाल सरकारलको राष्ट्रिय ध्वजाबाहक जहाज विदेश गएर रित्तो फर्कन्छ तर बिचल्लीका परेका नेपाली ल्याउने काम गरेको छैन।