दिपक अभिमन्यू

लघुकथा ढोङ्गी

Hollywood Khabar July 03,2018 Comments

जिल्लामा एक जना पण्डितको निकै चर्चा-परिचर्चा हुन थालेको थियो।ती पण्डित साह्रै मिजासिला आँखामा राखेपनि नविरझाउने तन मन लगाएर आफुमा भएको ज्ञान बाँड्दै सामाजिक उत्थान र यूवा यूवतिमा जोश र जाँगर भर्ने कार्यमा सदा तत्पर  देखिन्थे।

केही समय अगाडि तीनले एउटा क्यान्सर रोग विरुद्ध जागरूकता जगाउने र सो रोगको रोकथाममा क्रियाशिल एउटा संस्थाकोलागि आर्थिक सहयोग जुटाउन नौ दिनको श्री मद भागवत महापुराण लगाए। ठूलै धनराशि सहयोग जुटेको पनि थियो । त्यसैगरि केही समय पश्चात् उनले एउटा मुटु रोग सम्बन्धी अस्पताललाई आर्थिक सहयोग जुटाउन श्री मद्भागवत ज्ञान महायज्ञ लगाए। क्यान्सर लागेर वितेका सासु सिसुरा र मुटु रोगका कारण थला परेकी आफनी आमाको अवस्थाका कारण क्यान्सर तथा मुटु रोग लागेका बृद्ध बृद्धा प्रति उनको बिशेष चासो रहन्थुयो।

गाउँ तथा शहरवासी माझ उनको मानविय कार्य र सामाजिक कार्यका समाचारले गर्दा तिनको नाम जताततै चर्चा हुन र छाउन थाल्यो।तिनि छोटो समयमै धुरन्धर पण्डित, निःस्वार्थ समाज सेवी र सामाजिक आस्थाका प्रतीक बन्न सफल भएका थिए । 

एकाएक एक दिन टेलिभिजनमा उनी ड्रग्स सप्लाई र मानव ओसारपसार गरेको आरोपमा समातिएको खबर आयो। सारा उनका अनुन्यायी भक्तहरु  आक्रोसित भए। उनलाई समातिएको बिषयमा पर्चाबाजी हड्ताल विभिन्न संघसंस्थाबाट विज्ञ्यप्ती र विभिन्न विरोध कार्यक्रमहरु पनि भए।तर पनि उनको मुद्धा अगाडि बढीरह्यो। सधैँजसो, रोगी, असहाय र दु:खीको सेवामा हुने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने सबैप्रति सेवा भाव मात्रै राख्ने उनलाई अभियोग पत्र सहित अदालतमा पेश गरियो र थुनछेक बहस पश्चात अदालतले धरौटीमा छाड्ने आदे दिए पनि जबर्जस्ती करणीको अभियोगमा पुन पक्राउ गरेर अर्को जिल्लामा पाईयो भन्ने खबरले आफुहरुले उनलाई समातिएको बिषयमा पर्चाबाजी हड्ताल विभिन्न संघसंस्थाबाट विज्ञ्यप्ती र विभिन्न विरोध कार्यक्रमहरु गरेकोमा पछुताए।उनी किन त्यस्ता खाले सामाजिक कार्यमा सहभागी भए भन्ने बुझेपछि जिल्लामा उनको चर्चा परिचर्चा अर्कै किसीमले हुन थाल्यो।