२७,कार्तिक,काठमाडौं।काठमाडौंको हलचोकमा ३ लाख ६० हजार रुपैयाँ सहित् १० जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले नागार्जुन नगरपालिका ३ हलचोकमा हरिमाया पुतुवारको घरमा कौडा खेलिरहेका १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सीतापाइलाका सचित दुलाल, काभ्रे पाँचखालका बालकुमार पन्त, नुवाकोटमा दिनेश लामा, हलचोकका महेश गोतामे, सीतापाइलाका राजकुमार तामाङ ,सीतापाइलाकै वुद्धिबहादुर तामाङ, सुशन्त लामा, हलचोकका सुक्रबहादुर पुतुवार र राजु बस्नेत रहेका छन् ।महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जुवाडेको साथबाट १६ थान कौडा र ३ लाख ६० हजार रुपैयाँ बरामद भएको जनाएका छन् ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!