यतिबेला अमेरिकाका सबै मिडिया र बिश्वो संचार अमेरिकातिर केन्द्रित भएको छ। धेरै चाहीं निर्वाचित राष्ट्रपति डनल्ड ट्रंपको क्याबिनेट पिक र तर्क अनि जिकिरमा केन्द्रित छन्।
चर्चाकै बीच राजाहरुको राज्यभिषेकको सिको गर्दै निर्वाचित राष्ट्रपति ट्रंपले पनि बिश्वोका ठुला देशका राष्ट्रपित लगातलाइ आफ्नो ओथ सेरेमनीमा आमन्त्रण गरे। तर चिनियाँ राष्ट्रपतिले भने इन्कार गरेको समाचार आएको छ।
यसैबीच सेरेमनीको स्पन्सरको पनि चर्चा चलेको छ। सबैभन्दा बढी चाहिं मेटाको चल्यो। सामाजिक संजाल मेटा, नलाइन ब्यबसाय एमाजोन र एआइ जायनट ओपनएआइले निर्वाचित राष्ट्रपति ट्रम्पको ओथ सेरेमनीको लागि १/१ मिलियन डलरको स्पन्सर गर्ने भएका छन्।
मेटा सिइओ मार्क जकरबर्गकोले मेटाको तर्फबाट १ मिलियन डलर दिने, एमाजोनका फाउण्डर जेफ बेजोसले १ मिलियन डलर दिने र ओपनएआइका सिइओ साम अल्टम्यानले १ मिलियन दिने घोषणा गरेको कुरा उल्लेख छन्। त्यसैगरी रेडीट, वालमार्ट, होमडिपो, टार्गेट लगायतले पनि स्पन्सर गरेका छन्। अबको पालो गुगलको बताइन्छ।