गृहमन्त्रीको आदेशमा सरकारी स्तरमै गाँजा ओसारपसार, गाडी सरकारी हो, माथिको आदेश:प्रहरी

नेपालको खड्गप्रासाद ओलीको सरकारका गृहमन्त्री रमेश लेखकको आदेश र सुरक्षामा सरकारी निकाय र संबद्धबाट नै गाँजा ओसार-पसार र बिक्रि-वितरण गर्न थालेको छ। 

ओली-लेखक सरकारका दलाल-बिचौलीयहरुले गर्नुसम्म गरेपछि देखाउनको लागि धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा बोकेका दुई वटा सरकारी गाडीसहित एक जनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ३३० किलो र बा१झ ५१२७ नम्बरको गाडीबाट ३६० किलो गाँजा बरामद गरेको हो। सो स्कार्पियो चालक मोरङ सुन्दरहरैंचा नगरपालिका-११ का ३६ वर्षीय श्यामकुमार विकलाई नियन्त्रणमा लिएको छ।  प्रहरीले बा१झ ४६०५ नम्बरको स्कार्पियोबाट ११ वटा बोरामा रहेको ३३० किलोग्राम गाँजासहित चालक विकलाई पक्राउ गरेको थियो।

प्रहरीले गाडीलाई नियन्त्रणमा लिने क्रममा तत्काल भागेको बा१झ ५१२७ नम्बरको गाडी सोही ठाउँस्थित भित्री बाटोमा नियन्त्रणमा लिएको थियो। उक्त गाडीलाई तलासी गर्दा १२ वटा प्लाष्टिकभित्र प्याक गरेको अवस्थामा ३६० किलोग्राम गाँजा फेला पारी बरामद गरेको थियो । यी गाडीहरुमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भने एक पटक होइन। तर पनि नियन्त्रणमा लिने बितिक्कै माथिबाट आदेश आयो-”फरार गरिदे!”

अनि माथिको आदेश भन्दै प्रहरीले चालकलाइ भाग्न लगाएर फरार भन्दै खोजी गरेको बताएको छ। प्रहरीका अनुसार प्लेट चाहिं सरकार हो तर गाडीबारे माथीको आदेश नभई बोल्न मिल्दैन भनेको छ। नेपालमा गाँजा प्रतिबन्धित लागु औषधका रूपमा रहेको छ।