सिरियाली विद्रोही नेता जोलानीद्वारा विजयको प्रशंसा:बिश्वो टिपणी

सिरियाली विद्रोही नेता जोलानीले करिब २ दशक देखि सत्तामा रहँदै आएका असदलाई सत्ताच्युत गरेपछि पहिलो बक्तब्य दिएका छन। सिरियाको सशस्त्र विपक्षी मुख्य समूहका नेता अबु मोहम्मद अल-जोलानीले विद्रोहीहरूले दमास्कस कब्जा गरेपछि आफ्नो पहिलो सार्वजनिक बक्तब्यमा राष्ट्रपति बसर अल-असदको पतनलाई सम्पूर्ण इस्लामिक राष्ट्रको विजयको संज्ञा दिएका छन्।

राजधानीको एक मस्जिद भित्र दिएको भाषणमा जोलानीले सिरियालाई इरानी महत्वाकांक्षा, साम्प्रदायिकता फैलाउने, भ्रष्टाचार फैलाउने खेल मैदान भएको तर अब सर्वशक्तिमान ईश्वरको कृपा र प्रयासहरूद्वारा सिरिया शुद्ध हुँदैछ भनेका छन्। यसका साथै उनले कैदमा परेका मानिसहरूलाई मुक्त गरिरहेको पनि बताए ।

जोलानीले मस्जिदमा भेला भएका भीडलाई भने, मेरा दाजुभाइहरू, मैले यो भूमि २० वर्ष अघि छोडेको थिएँ। सिरियामा युद्धले नछोएको एउटा घर पनि छैन तर अहिले पुरा हुँदैछ। 

सिरियाको यो परिवर्तनसंगै बिश्वो राजनीतिको टिप्पणी र अब के हुन्छ, कुन राजनैतिक धारमा जान्छ भन्ने प्रश्न उठेका छन्।