एमाले-काँग्रेसले रविको नामाम ग्रीनवाशको भैलो खेल्यो, एमालेले कांग्रेसलाइ नै नुन-चुक लाउँछ

यतिबेला प्रजातन्त्रको बिरुद्ध संसदका दुइ ठुला ढल नेपाली कांग्रेस र नेकपा एमालेको लठबन्धनको एक सुत्रिय अन्य बिरोधी दल सखाप अभियानमा छ। 

त्यसमा पनि एमालेले कांग्रेसको काँधमा नाल राखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एस र नेकपा माओवादी अनि अन्य साना दलहरु सखाप पार्ने अभियानमा छ। यसमा नेपाली कांग्रेस पनि मुतको न्यानोमा रमाएको छ। तर सबैलाइ सखाप पारेपछि एमालेले नेपाली कांग्रेसलाइ नै छाला काटेर नुन-चुक लागाउँछ। 

आगामी निर्वाचनमा मुख्य दुश्मन पार्टी नै नेपाली कांग्रेस र नेकपा एमाले हुनेछन। त्यसको अर्थ केपी ओलीले शेरबहादुर देउबालाइ त होइन स्थानीय कांग्रेसीहरुलाइ गोद्ने काम गर्छन। सबैभन्दा धेरै झडप नै एमाले र कांग्रेसबीच हुनेछ। 

यतिबेला नेपाली आम नागरिकाहरुले बुझेको तर नेकपा एमाले र नेपाली कांग्रेसले नबुझेको या पेलेको कुरा चाहिं रवि लामिछाने प्रतिको राजनैतिक डरको फिरौती हो। सबैले छर्लङ्ग बुझेको कुरा, जति पनि भनिएका रवि बिरुध्दका कान्तिपुर छापाखानाको छपाइबिलहरु छन् त्यसैलाई कांग्रेस र एमालेले भजाउने गरेको छ। यो भनेको एमाले र कांग्रेसको ग्रीनवाश भैली हो। 

रवि लामिछाने बिरुद्ध जति भैली खेले पनि, जति आरोप लगाए पनि नागरिकले भन्ने पत्याएका छैनन। उनीहरुले पत्याउने कारण नै देखेका छैनन। यहाँनेर बुझ्नुपर्ने कुरा चाहिं कान्तिपुर भन्ने पेड मिडिया हो। पैसा लिएर मिसइन्फर्मेशन र डिसइन्फर्मेशन गर्नु उसको मुख्य सड्यन्त्र हो। फेरी पनि नेपाली कांग्रेस, नेकपा एमाले र कान्तिपुर भने झन् गिर्दो रुपमा गएका छन्।

अहिले रास्वपाका सभापति रवि लामिछानेलाई फेक मुद्धामा जोड्दै, मुद्धा दर्ता नगर्ने तर बयानका लागि भन्दै थुनेर राख्ने काम भएको छ। कुनै पनि अदालतमा उनि बिरुद्ध मुद्धा दर्ता नै छैन। बोल्न समेत नदिएर थुनेर राखेका छन्। यस्तो भनेको कम्युनिष्ट तानाशाहको शाशनकालमा हुन्छ। 

तर एक पटक, केवल १५ मिनेट मात्र रवि लामिछानेले बोल्न पाए भने गृहमन्त्री हुँदा जम्मा गरेका सबै फाइल एकै सासमा बोल्ने छन्। अनि एमाले र कांग्रेस सबैको इहलिला समाप्त हुनेछ। यो कुरा नेपाली नागरिक र एमाले-कांग्रेस सबैलाई थाहा छ। त्यसैले नागरिक कुरेर बसेका छन् र एमाले-कांग्रेस डरले लाचार छन्। अब नेपाली नागरिकहरुले सबै खालका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाइ मत दिनुहुँदैन।