एमाले-कांग्रेसको दमनकारी सरकार: तीन महिनामा १ लाख भन्दा धेरै नेपाली बिदेशीय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआए) मा नेपाल आउने पर्यटक या बिदेशी भन्दा नेपालबाट बाहिर जानेको संख्या बढेको छ। दैनिक १२ सय देखि १५ सय नेपालीहरु विदेशिएको कुरा टिआए रेकर्डले दर्साएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,१०,६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९,९३९ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ११३,३९७ र ४९,२९७ रहेको थियो। यस आधारमा श्रमिक पनि निकै बाहिरिइरहेका छन्। यसको अर्थ नेपालको वर्तमान सरकर दमनकारी हुनु, देशको आर्थिक र सुरक्षा अवस्था, नयाँ पुस्ताको भविष्य अन्धकार हुनु नै हो। भारत समेत जोड्ने हो भने नेपालबाट विदेशीने नेपालीको संख्या नेपालको जनसंख्याको एक तिहाइ पुगेको अनुमान गरिएको छ