गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्वो सम्मेलन काठमाण्डौ घोषणा २०२२

यस मार्च महिनाको २२ देखि २४ सम्म काठमाण्डौको यस याक एण्ड यति होटलमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा बृहत छलफलपछि गरिएका निर्णयलाइ समेटेर यो काठमाण्डौ घोषणा जारी गरिएको छ। 

१. गैरआवासीय नेपाली संघको बिधान र केहि कार्यविधिलाइ समेटेर तयार पारिएको संघको वर्तमान बिधानमा अति आवश्यक भएका ब्यबस्थाहरुको बृहत्तर परिमार्जन गरियो। 

संसोधन गरिएका निर्णयहरु:

१. गैरआवासीय नेपाली संघको बिधान २००३ को संसोधित २०२१ मा भएको सबैभन्दा विवादित दफा महाधिवेशन प्रतिनिधि छनोट संबन्धि (६५, २५, १०) लाइ निलम्बन गरियो। 

२. अब २०२३ देखि महाधिवेशन प्रतिनिधि हुनको लागि संघको सदस्यता कम्तिमा एक पटक नवीकरण गरेको हुनुपर्नेछ। तर महाधिवेशन प्रतिनिधि हुँदाको बखत निजको सदस्यता भ्यालिड कायम पंजीकृत भएको हुनुपर्ने छ। यस्ता योग्यता पुगेका सबै पंजीकृत सदस्यहरुलाई महाधेवेशनमा प्रतिनिधि हुन सबैलाइ खुला गर्ने प्रस्ताव पारित गरियो।

३. संघको नेतृत्व चयनका लागि उम्मेदवार हुन संघको अन्तराष्ट्रिय परिषद बैठकले पारित गरेको वर्तमान मनोनयन दर्ता शुल्कलाइ आधा (काम) गर्ने प्रस्ताव पारित गरियो। त्यो प्रस्ताव यसै १० औं महाधिवेशनको लागि पनि लागु हुनेछ। 

४. अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा महिलाहरुको संख्या २०२३ मा २५ प्रतिशित र २०२९ सम्ममा ५० प्रतिशित गर्नुपर्ने प्रस्ताव पारित गरियो।

५. गैरआवासीय नेपाली संघको हाल भएका ६ वटा क्षेत्रलाइ मध्येपूर्व र अफ्रिकालाइ जोडेर एउटा बनाउने र अरु यथावत राख्दै जम्मा ५ क्षेत्र हुने पस्ताव पारित गरियो। उपरान्त देखि मध्येपूर्व तथा अफ्रिका क्षेत्र, एशिया क्षेत्र, युरोप क्षेत्र, ओसीयानिया क्षेत्र र द अमेरिकाज क्षेत्र मात्र रहने छन्।

६. अब ११ औं महाधिवेशन देखि हरेक क्षेत्रबाट रोटेशन सिस्टमका आधारमा केन्द्रिय अध्यक्ष पदमा चयन हुन पाउने प्रस्ताव पारित गरियो। 

७. गैरआवासीय नेपाली संघको यसपूर्व गरिएको अनलाइ भोटिङ्ग ब्यबस्थालाइ निलम्बन गर्ने प्रस्ताव पारित गरियो।  अब प्रतिनिधिहरु स्वयं उपस्थित भएर भोटिङ्ग गर्नुपर्नेछ। यो ब्यबस्था यसै १० औं महाधिवेशन देखि नै लागु हुनेछ।

८. आज मार्च २३, २०२२ का दिन यो महाधिवेशन हलमा रहेका प्रतिनिधिहरु नै यो १० औं महाधिवेशन उम्मेदवारहरुका लागि मतदाताहरु हुनेछन।

२. गैरआवासीय नेपाली नागरिकता ऐन नेपालको संसदबाट पास गर्न नागरिकता ऐनमा सबैखाले नेपाली नागरिकतासँग जोडेर पठाउँदा संसदबाट पारित हुन ढिला भएको अवस्था पाइयो। यसर्थ नेपाल सरकारबाट गैरआवासीय नेपाली नागरिकताको पाटोलाइ मात्र छुट्टै ऐन बनाएर पारित गर्न पहल गरिनेछ।

३. यो सम्मेलन बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपालको निर्वाचनमा भागलिन पाउनको लागि भएको संबैधानिक सुनिश्चितालाइ तुरुन्त ब्यबस्था गर्न अनुरोध गर्दछ। 

४. कोरोनाको महामारी, युक्रेन र रसिया युद्द, अफगानिस्थानको जस्ता मानवीय संकट हुँदा सम्पर्क गर्न कठिन भयो।  अब नेपाल सरकारले नेपाली राजदुतावास र कन्सुलर अफिस मार्फत हरेक देशमा रहेका नेपालीहरुको नाम र सम्पर्कको रेकर्ड राख्न सुरु गरोस भन्ने माग गर्दछ।

५. यो १० औं महाधिएशनमा गैरआवासीय नेपाली संघको करिव ८०/८१ देशमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु मध्ये ६४ देशमा मात्र अधिवेशन हुन सक्यो। अब ति रोकिएका एनसीसीहरुको उपादेयताको अध्ययन गरि त्यसपछि उनीहरु र क्षेत्रका अन्य एनसीसीहरुसंग आवश्यक समन्वय र सहकार्य गर्दै उनीहरुको क्षमता बृद्धी गर्दै आगामी बिश्वो सम्मेलन सम्ममा ७० भन्दा धेरै देशले अधिवेशन सम्पन्न गरिने प्रतिबद्धता जाहेर गर्दछ।

७. बैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुरक्षा, सेवा, सुविधा, उद्दार, व्यासायिक बिकास र स्तर उन्नतिको लागि विभिन्न साना ठुला एजेन्सीहरुसंग साझेदारी संझौता तथा बिकास गर्दै बढी भन्दा बढी श्रोतहरु जुटाएर काम गर्न पहल गरिनेछ। यस्ता श्रोतहरुप्रति उत्तरदाइ भएर, पारदर्शी रुपमा परिचालन गर्दै आपसी विश्वासनिया रुपमा कार्य गरिने प्रतिबद्धता जाहेर गर्दछ।

८. यो महाधिवेशनमा सहयोग पुर्याउनुहुने नेपाल सरकार तथा सम्पुर्ण स्पन्सरहरुलाइ धन्यावाद ज्ञापन गर्दछ। 

धन्यवाद;

कृष्ण के सी

प्रवक्ता

गैरआवासीय नेपाली संघको १० महाधिवेशन आयोजक समिति

मार्च २४, २०२२