एनआरएनको १० औं महाधिवेशन मे २०२५ पहिलै सम्पन्न गर्ने:विज्ञप्ति सहित

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन मे २०२५ भित्र सम्पन्न गर्ने सहितको निर्णय संघको उच्चस्तरीय समितिले सार्वजनिक गरेको छ।

समितिको नोवेम्बर १९, २०२५ मा संघकै भवन बालुवाटारमा बोलाइएको भएता पनि भवनलाइ नियतपूर्वक बन्द गरिएको थियो। संघको भवनलाइ संघका पूर्व उपाध्यक्ष डा. बद्रि केसीले कार्यालयको चावी लिएर सम्पूर्ण कर्मचारीलाइ एमाले पार्टीको निर्देशन भन्दै थर्काएर बन्द गर्न लगाएको कुरा आएको छ। तर त्यहाँ त्यो समय प्रहरी किन आयो त्यो भने नेपाल प्रहरीबाट मात्र सहि जवाफ पाउन सकिएला।

यस पहिला पनि नेकपा एमालेको टोलीले सोही पार्टीका नेता महेश बस्नेतको नेतृत्वमा भवनमा नै आएर मादक प्रदाथ सेवन गरेर एनआरएनहरुलाइ नै पिटेका थिए। एनआरएनको भवनमा एमाले किन ? अनि एनआरएनहरुको भवनमा नै एमालेद्वारा एनआरएनहरु नै किन पिटिए ?

यसको कारण हो, संघ कब्जा गर्ने र संघको खातामा भएको केहि करोड पैसा लुट्ने योजना एमाले टोलीको रहेको छ। राहत वितरणको नाममा ५१ जनाले खाजा खर्च भनेर फेक बिलखर्चको २५ लाख भन्दा धेरै खर्च गरेको प्रमाण पनि प्राप्त भएको छ। स्मरणीय कुरा, हालका संघका कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत आइएलओ बाट कोभिड राहत भनेर लिएको सहायता रकम दुरुपयोग गर्ने काण्डका प्रमुख कर्मचारी पनि हुन्। ति सबै खुलासा हुने डरले डा. बद्रि केसीको टोली अहिले बचाउ अभियानमा एमालेको पछि लागेको छ। सबैलाई थाहा नै छ एमालेले भ्रष्ट, बलत्कारी र गुण्डाहरुलाइ पाल्छ। 

संघको भवन

गैरआवासीय नेपाली संघको भवन सबै गैरआवासीय नेपालीहरुको लागि हो। होइन त केवल एमाले या अन्य पार्टीको होइन। संघको भवनमा कुनै पनि गैरआवासीय नेपालीहरुले गएर बस्ने, आफ्ना कुरा राख्ने र बिषयगत रुपमा कुनै ठाउँ-कोठामा बैठक गर्न पाउँछन। त्यसैको लागि नै त्यो भवन बनाइएको हो। एमालेको दारु अखडा बनाउन होइन।  

अचम्मको कुरा, भवन बनाउने योजना र कामको सुरुवात पूर्व अध्यक्ष डा. शेष घलेकै हो। अनि यसमा सबै भन्दा धेरै योगदान पनि पूर्व अध्यक्ष डा. घले र अमेरका लगायतका एनआरएनहरु र संघ-सँस्थाहरुको रहेको छ। अर्को तर्फ भवन बनाउन सबै भन्दा कम योग्गदन गर्नेहरु मध्येमा रसिया र डा. बद्रि केसी नै पर्छन। अनि अदालतको परमादेश अनुसारको बैठक गर्न भवनमा जानै नपाउने मध्ये पनि डा. शेष घले नै हुनुहुन्छ।

भवन बन्द गराएको र बैठक प्रभावित पारेकोप्रति उच्च स्तरीय समितिका १३ मध्ये उपस्थित ११ जना सबैले बिरोध गरेका थिए।  सोहि दिन अन्यत्र गएर बसेको बैठकले संघको १० औं महाधिवेशन आगामी मे २०२५ भित्रमा सम्पन्न गर्न नेपाल सरकारको परराष्ट्र मन्त्रालयसंग समन्व गर्ने निर्णय गरेको छ। 

यासबाहेको समितिको काम र क्षेत्राधिकार तयार पार्ने, सचिवालय हेर्ने जिम्मेवारी दिने, हरेक १५-१५ दिनमा बैठक बस्ने साथै भवन बन्द गराएकोमा निन्दा गरिएको समेत निर्णय गरेको छ। 

निर्णयको विज्ञप्ति हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://acrobat.adobe.com/id/urn:aaid:sc:VA6C2:3a3e35f5-5bb3-4f07-bcf2-ce9f88f6e6e2