एनआरएनको अनिबार्य १० औं महाधिवेशन:संयोजक डा. घलेको बैठक कल 

गैरआवासीय नेपाली  संघ (एनआरएनए) को १० औं महाधिवेशन अक्टुवर २०२१ मा हुनुपर्ने थियो। २०१९-२०२१ कार्यकालका अध्यक्ष कुमार पन्तको नेतृत्वलाइ रसियन माफियाहरुले कब्जामा लिएर समयमा सम्पन्न गर्न दिएनन। 

अन्तमा संस्था दर्ता भएको नेपाल सरकार परराष्ट्रमन्त्रालयको लिखित निर्देशन बमोजिम तत्कालिन प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेले संघको बिधान बमोजिम संघको १० औं महाधिवेशको मार्च २०२२ मा आयोजना गर्नुभयो। १० औं महाधिवेशन सम्पन्न भएर बिनोद कुँवरको नेतृत्वमा संघको नयाँ नेतृत्व बनेको थियो। त्यसलाई सत्ता र शक्तिको मोडले मन्त्रलयबाट स्वीकृति गरिएन। अन्तत सर्वोच्च अदालत पुगियो। 

विडम्वना, नेपाली कांग्रेसका उपसभापति पूर्वबहादुर खड्का र महामन्त्री गगनकुमार थापाको टोलीले एमाले पार्टी र संघमा चलखेल गर्ने रसियन माफियाहरुसंगको साझेदारीमा सत्ता र शक्तिको दुरुपयोग गरेर संघ नै फुटाले। होटल हिमालयमा लगेर भेला गरे। 

पछि मन्त्रालयले बिनोद कुँवरको नेतृत्वलाइ स्वीकृति नदिएपछि अदालतमा न्याय माग्न पुगेको हो। सोहि निवेदन अनुसार अदालतको फैसलाले भनिएका १० औं ११ औं सबै खाले महाधिवेशन बदर गरेर पुन: १० औं महाधिवेशन गर्नको लागि डा. घलेकै नेतृत्वमा एक समिती बनायो। 

त्यसै समितिलाइ परराष्ट्रमन्त्री डा. आरजु देउबाले आफ्नै कार्यकक्षमा बोलाएर महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको अवस्था हो। अदातलको फैसला अनुसार मन्त्रालयले सह-सचिव या सचिव स्तरीय प्रतिनिधि पठाउनुपर्छ। यो अर्थमा यो महाधिवेशन नेपाल सरकार र संघको संयुक्त आयोजनामा हो। 

अदालतको फैसला, मन्त्रालयको लिखित निर्देशन अनुसार उच्च स्तरीय समितिका संयोजक डा. शेष घलेले संघको बैठक यहि नोवेम्बर १९, २०२४ मंगलबार संघको कार्यालयमा बोलाउनु भएको छ।

समितिमा डा. घले सहित १३ जना रहनुभएको छ।

१. संयोजक- पूर्व अध्यक्ष तथा पूर्व प्रमुख संरक्षक डा. शेष घले

२. सदस्य-पूर्व अध्यक्ष कुमार पन्त

३. सदस्य-पूर्व अध्यक्ष भवन भट्ट

४. सदस्य-पूर्व अध्यक्ष जिबा लामिछाने

५. सदस्य-पूर्व अध्यक्ष देवमान हिराचन

६. सदस्य-पूर्व अध्यक्ष डा. उपेन्द्र महतो

७. सदस्य-पूर्व उपाध्यक्ष कुल आचार्य

८. सदस्य-पूर्व उपाध्यक्ष डा. बद्री के स

९. सदस्य-पूर्व उपाध्यक्ष रविना थापा

१०. सदस्य-पूर्व सचिव जानकी गुरुङ

११. सदस्य-पूर्व क्षेत्रीय उपसंयोजक-बिनोद कुँवर

१२. सदस्य-पूर्व संरक्षक रामप्रताप थापा

१३. सदस्य-पूर्व (एनसीसी) उपाध्यक्ष- उमेश पुडासैनी

समितिले बिश्वभरिका सबै देशका अधिवेशन गर्ने, अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन, निर्वाचन र नेतृत्व चयन लगायतका सबै कार्यविधि बनाएर १० औं महाधिवेशन सम्पन्न गर्नुपर्ने छ। यो अदालतको निर्देशन भएकाले ऐच्छिक नभएर अनिबार्य महाधिवेशन हो। 

उच्च स्तरीय समितिको पहिलो बैठक आवहान गरेको विज्ञप्ती

प्रस्तुत सूचना सम्मानित सर्वोच्च अदालतले मुद्दा नं. ०७९-WO-१५०७ को उत्प्रेषण परमादेश मुद्दामा मिति २०८०।१२।२१ मा भएको फैसलाले गठित उच्च स्तरीय समिति र सो समितिलाइ दिएको आदेशको कार्यान्वयनार्थ गैर आवासीय नेपाली संघको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनौट लगायत सम्बद्ध सम्पूर्ण विवादको समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको मिति २०८१।०७।०१ को पत्रको आधारमा उच्च स्तरीय समितिको पहिलो बैठक मिति २०८१।०८।०४ गते, मंगलबार (तदानुसार सन् २०२४ नोभेम्बर १९  तारिख), समय दिनको ३:०० बजे देखि – ५:०० बजे सम्म र स्थान काठमाण्डौ जिल्ला, का.म.न.पा. वडा नं. ४, बालुवाटार सुवर्ण शम्शेर मार्गमा अवस्थित गैर आवासीय नेपाली संघको कार्यालयको बैठक कक्षमा विविध विषयमा छलफल गरी निर्णय गर्नको निम्ति उच्च स्तरीय समितिको बैठक आवहान गरिएको जानकारी गराइन्छ ।

उच्च स्तरीय समितिको संयोजक

शेष घले