रास्वपाको जस्तो प्रजातान्त्रिक उम्मेदवार चयन प्रक्रिया कुनै पार्टीमा छैन

पूर्ण प्रजातान्त्रिक सोचका साथ स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापनाकाल देखिनै अन्य भ्रष्ट दलहरुको आक्रमण सहनुपर्यो तर पनि संसदमा केवल छ महिनामा नै चौथो ठुलो पार्टी सावित गर्यो। 

४० बर्षमा नेपाली पुरातन पार्टीहरुले गर्न नसकेका, नजानेका अनि चुर्लुम्म डुबाएको देश कसरी चलाउने भन्ने उदाहरण केहि महिनामा केहि मन्त्रालयको जिम्मेवारीमा प्रतिसोध साँधेन काम गरेर नै देखायो। त्यसलाई सहन नसकेर नेपाली कांग्रेसका थापा पक्ष र एमालेको मिलेमतोमा ढाका र मुकुल काण्ड निकाल्यो त्यसलाई निस्तेज पर्यो। 

तव भ्रष्टाचारी र अलोकतान्त्रिक पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, पूर्व पंचहरुको राष्ट्रिय प्रजातान्त्रिक पार्टीहरुको चुनौती बढेर गयो। जसरी पनि सत्तामा जानुपर्ने अनि काम नागरिकन देश चुलुम्म डुबाउन पल्केका तिनै पार्टीहरुलाइ रास्वपा चुनौती भयो।
खरबौं रुपैयाँ भ्रष्टाचारको फाइल अध्यन सम्पन्न गरेर रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले खोल्ने अन्तिम चरणमा पुगे। अनि चरमपन्थी भ्रष्ट एमाले सिंगो पार्टी, नेपाली कांग्रेसहरु एका-एक ध्रुवीकरणमा पुगे।लामिछानेलाई प्रधानमन्त्रीको अफर दिए। नमानेपछि केपीलाइ प्रधानमन्त्रीको टिका लगाउन पुगे।

यतिले पुगेन रवि लामिछानेलाइ रातारात बिना प्रमाण नियन्त्रणमा लिएको र प्रतिशोध साँधेको त सबैले जिकिर गरिसके। अरुका कुरा छोडौं नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्व मन्त्री चन्द्र भण्डारीले नै खुलेआम रुपमा पटक पटक भनिसके। त्यसैगरी नेपाल प्रहरीका पूर्व आइजी तथा एमाले नेता सर्वेन्द्र खानालले पनि बोली सके। नागरिकले ते बेलेकै हो, अब के बाँकी छ र ? 

दुनियाँ र कानुनले होइन भन्छ तर पनि रवी दोषी भनेर बहुलाउने एमालेवाली सुर्य थापा र कांग्रेसीवाला गगन थापा बन्धुहरुहरुको रटान किन ? एक पटक संसदमा लामिछानेले बोल्दा थला परेका गगन थापा डरले मरेका छन्। केवल एक पटक लामिछानेलाइ बोल्न ते देउ यिनका साइज हेर्न लायक हुन्छन।

यसै क्रममा स्थानीय तहको थुप्रै पदको उपनिर्वाचन‌ हुनुपर्ने भएको छ। नेपालका कुनै पनि दलले उम्मेदवारलागि टिकेट बेच्ने गर्छन। यसलाई अन्तर पार्टी भ्रष्टाचार भन्न मिल्ला। त्यो त सबैलाई थाहा भएकै कुरा हो। 

मेयरको चार करोड, उपमेयरको एक करोड, पालिका मेयरको १ करोड ५० लाख, उपमेयरको ५० लाख रेट अघिल्लो निर्वाचनमा नै थिए भनेर तनहुँ, नेपालगञ्ज, ललितपुर्, झापा, दाङ्गका एक/एक मेयर आकांक्षीहरुले हामीलाई भनेका थिए। 

तर प्रमरी गरेर पाटीको स्थानिय तहबाट अन्तिम लिस्ट निकाल्ने कुरा भने रास्वपाले मात्र गरेको छ। पार्टीको सूचना  जस्ताको तस्तै हिम्मत हुनेला पाढुन। 

विक्रम संवत् २०८१ कात्तिक २६ गते

नेपाल संवत् ११४५ कछलाथ्व दशमी

                                          सूचना

             मिति २०८१ मंसिर १६ गते (नेपाल संवत् ११४५ कछलागा आमै) हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन‌मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार हुन इच्छुक पार्टी सदस्यहरुबाट उम्मेदवारी आव्हान गरिएकोमा प्राप्त आवेदन‌को आधारमा निर्धारित प्रारम्भिक निर्वाचनको कार्यतालिका बमोजिम मिति २०८१।०७।२७ गते (नेपाल संवत् ११४५ कछलाथ्व एकादशी) दिउँसो ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्न पार्टीको सातै प्रदेशका प्रदेश सभापति तथा निर्वाचन क्षेत्र समितिहरुमा निर्देशनुसार सूचित गरिएको छ ।