प्रतिशोधको कस्टडीमा पूर्वगृहमन्त्री र मान्छे बेच्ने मैमत्त एमाले मन्त्री

यतिबेला नेपाली राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठजोडको केपीशर्मा ओली नेतृत्वमा अधिनायकबादी सरकार छ। 

अस्मरणीय कुरा, प्रधानमन्त्री ओली झापामा मान्छे मारेर बिना सजाय मुक्त भएका व्यक्ति हुन्। उनि जेल परेका थिए तर ज्यान केशमा होइन। पंचायतको बिरोध गरेकाले जेल परेका हुन् ज्यान केशमा होइनन उनको रिहाइ आदेशमा राजबन्दी भनिएको छ।

पछिल्लो करिव तिन बर्षमा पार्टी स्थापना देखि संसदमा चौथो ठुलो दल हुन सफल नागरिकप्रिय बन्दै गएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति एमाले र कांग्रेस दुवै खानियेकै हुन्। सबैलाई थाहा नेपालका पुरातन पार्टीहरु सबै भ्रष्ट छन्। 

आफ्नो प्रष्टाचार दर्जनौ फाइल खोल्ने तयारी गरेको २४ घण्टा नपुग्दै सरकारबाट च्यूत गरिएका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवी लामिछाने यति बेला प्रहरी बिनाप्रमाण करिव तीन हप्ता देखि प्रहरी कस्टडीमा छन्।

अनि नेपालीलाइ भुटानी बनाएर बेच्ने कांग्रेस र नेपालीलाइ सोझै बेच्ने एमाले सत्तामा छ। 

अनि प्रशाशन र न्यायालय समेत प्रभावमा परेर बिना प्रमाणका लामिछानेलाइ तेश्रो पटक १३ दिन थप कस्टडीमा राख्नु र प्रमाण सहित भेटिएका एमालेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन मात्र कस्टडीमा राख्नुले नियत देखिएको छ।