अमेरिकी निर्वाचन २०२४: स्टेट र इलेक्ट्रर नम्बर, चयन बिधि सहित

फोटो: व्हाइटहाउस

कृष्ण के सी, अमेरिका/अमेरिकाको लागि नोवेम्बर महिना निर्वाचनको महिना हो। त्यसमा पनि हरेक चार बर्षमा राष्ट्रपतिको निर्वाचनलाइ खास रुपमा हेरिन्छ। नोवेम्बरको पहिलो सोमबार पछिको मंगलबारलाइ निर्वाचनको दिन तोकिएको छ। यो बर्ष नोवेम्बर ४ सोमबार हो र नोवेम्बर ५, २०२४ का दिन आम निर्वाचन परेको छ। त्यसैले देशै भरि चुनावी चहल-पहल बढेको छ। कतिपय स्टेटमा अर्ली भोटिङ्ग खुलेको छ र एबसेण्टी ब्यालेट गर्नेहरुको लागि घर-घरमा ब्यालेट पुग्न थालेका छन।

राष्ट्रपति निर्वाचनमा जुन उम्मेदवारले सबैभन्दा धेरै इलेक्ट्रोरल कलेज नम्बर ल्याउँछ उ नै अमेरिकाको कमान्डर इन्चिफ हुन्छ। अमेरिकी राष्ट्रपति हुनु भनेको केवल अमेरिकाको मात्र होइन बिश्वका धेरै कुराको जिम्मेवारी पनि समाल्नुपर्छ। 

सबै भन्दा पहिला इलेक्ट्रोरल कलेज के हो त्यसबारे केहि कुरा गरौँ। इलेक्ट्रोरल कलेज सुन्दा सँस्था जस्तो लाग्छ तर यो संस्था होइन निर्वाचनको प्रत्यक्ष र अप्रत्यक्ष बिधिको एउटा नमुना हो। 

अमेरिकाको नेशनल आर्क्राइभका अनुसार, अमेरिकी फउण्डिङ्ग फादरहरुले अमेरिकी राष्ट्रपित चयनको लागि संबिधान बनाउँदा कंग्रेसले अप्रत्यक्ष रुपमा निर्वाचन गर्ने या पपुलर भोट ल्याउनेलाइ निर्वाचित गर्ने भन्ने कुराको जवाफमा तयार पारेको निर्वाचन बिधिलाइ इलेक्ट्रोरल कलेज भनिन्छ। यसमा पनि धेरै बिधिहरु मध्ये कंग्रेसले दोश्रो संसोधनबाट इलेक्ट्रोरल कलेजको अन्तिम रुप दिएको हो। 

यस बिधिमा स्टेटका इलेक्टरहरुले आफुले पाएको नम्बरको आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्दछन। इलेक्टरको भोट गन्ने काम कंग्रेसले गर्दछ र यसको चेयर उपराष्ट्रपतिले गरेका हुन्छन। सामान्यतया यो आधिकरिकता दिने प्रक्रिया मात्र हो निर्वाचनको नतिजा त पहिला नै पुगेको हुन्छ। 

इलेक्ट्ररको संख्याबारे

अमेरिकामा ५३८ इलेक्ट्रोरल कलेज छन् त्यसमध्ये २७० ल्याउनेले बिजय हासिल गर्दछ। यसका लागि हरेक स्टेटको लागि इलेक्ट्रर नम्बर दिएको हुन्छ। डिस्ट्रिक्ट अफ कोलम्बिया, जसमा व्हाइटहाउस पर्दछ त्यसलाई फरक कानुन छ। त्यसको लागि पनि ३ इलेक्ट्रर छ। जुन राष्ट्रपति उम्मेदवारले त्यो स्टेटको पपुलर भोट ल्याउँछ त्यो स्टेटको लागि छुट्याइएको इलेक्ट्रर नम्बर पुरै लैजान्छ। इलेक्ट्रर संख्या र सिनेटरको संख्या निर्धारण जनसंख्या र मतदाताको आधारमा निर्धारण हुन्छ।

कुन स्टेटमा किन इलेक्ट्रर हुने त्यसको निर्णय कसरी हुन्छ ?

हरेक उम्मेदवारका हरेक स्टेटमा आफ्नै इलेक्ट्रर हुन्छन त्यसलाई स्टेटको नाममा चिनिन्छ। प्राय सबैजसो स्टेटबाट पपुलर भोट ल्याउने उम्मेदवारले त्यो स्टेटको सबै इलेक्ट्रर नम्बर लैजान्छ। तर नेब्रास्का र मेन राज्यमा भने प्रपोस्नल सिष्टम छ। 

राज्यहरुले निर्वाचनको नतिजापछि स्टेट कार्यकारीले निर्वाचनको नतिजा सहित गरेको सर्टिफिकेट नै अन्तिम रुप हो। त्यसैलाई कंग्रेसमा पेश गरिन्छ। तर बिधि भने फरक रुपमा छ। निर्वाचन पछि डिसेम्बरको दोश्रो बुधबार पछिको पहिलो मंगलबार स्टेट इलेक्ट्ररहरुको मिटिङ्ग बस्छ।

स्टेट इलेक्ट्ररहरुले राष्ट्रपति र उपराष्ट्रपतिको लागि छुट्टाछुट्टै ब्यालेटमा मत दिन्छन त्यो भनेको स्टेटले पाएको इलेक्ट्रर संख्या पुरै दिने हो। यो मत सर्टिफिकेट नै कंग्रेसमा पठाइन्छ। यो बिधि डिसेम्बरमा सकिन्छ। होलिडे सुरु हुन्छ। अर्को बर्षको जनवरी ६ का दिन कंग्रेसमा बैठक हुन्छ। बैठक अमेरिकी उपराष्ट्रपतिले अध्यक्षता गरेका हुन्छन। उपराष्ट्रपति जो सिनेटको अध्यक्ष पनि हुन्छन। उनले निर्वाचनको नतिजाको आधिकारिक निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको घोषणा गर्छन। 

यसरी निर्वाचित भएका राष्ट्रपति र उपराष्ट्रपतिले करिब २ हप्ताको ट्राञ्जिशनको समय पाउँछन। जनवरी २० मा निर्वाचित राष्ट्रपति र उपराष्ट्रपति पदभार ग्रहण गर्छन। विधिगत रुपमा अमेरिकी उपराष्ट्रपतिले निर्वाचित राष्ट्रपति र उपराष्ट्रपतिको घोषणा गर्छन। 

कहिले काहीं आफू जितेको र आफू हारेको घोषणा पनि आफैंले आफ्नै नाम लिएर गर्नुपर्छ। उदाहारणको लागि उपराष्ट्रपति माइक पेन्सले २०२० मा आफू हारेको घोषणा र कमला ह्यारीस जितेको घोषणा आफैंले गरेका थिए। यदि यो बर्ष उपराष्ट्रपति कमला ह्यारिसले जितेमा आफूले जितेको घोषणा आफैंले गर्नुपर्छ।   

हरेक स्टेटले मतदाता संख्याका आधारमा सिनेटर र इलेक्ट्रोरल कलेजको संख्या पाउँछन। त्यसैले सिनेटर र इलेक्ट्ररको संख्या कहिले कुन स्टेटमा बढी त कहिले कुनमा घटी हुन्छ।

स्टेट र २०२४ को लागि इलेक्ट्रर संख्या

जम्मा इलेक्ट्रोरल भोट ५२८ र २७० मेजोरिटी संख्या हो। 

State Number State Number State Number
Alabama 9 Kentucky 8 North Dakota 3
Alaska 3 Louisiana 8 Ohio 17
Arizona 11 Maine 4 Oklahoma 7
Arkansas 6 Maryland 10 Oregon 8
California 54 Massachusetts 11 Pennsylvania 19
Colorado 10 Michigan 15 Rhode Island 4
Connecticut 7 Minnesota 10 South Carolina 9
Delaware 3 Mississippi 6 South Dakota 3
District of Columbia 3 Missouri 10 Tennessee 11
Florida 30 Montana 4 Texas 40
Georgia 16 Nebraska 5 Utah 6
Hawaii 4 Nevada 6 Vermont 3
Idaho 4 New Hampshire 4 Virginia 13
Illinois 19 New Jersey 14 Washington 12
Indiana 11 New Mexico 5 West Virginia 4
Iowa 6 New York 28 Wisconsin 10
Kansas – 6 votes 6 North Carolina 16 Wyoming – 3 votes 3
Total 202 Total 164 Total 172
Grand Total 538

 

Comments
Related News
Latest Post