उन्मत्त एमाले र लुते कांग्रेस, आफू काम नगर्ने अरुलाई देखि नसक्ने

संसारको प्रजातान्त्रिक ब्यबस्थाको खिल्ली उदाउँदै संसदमा दुइ ठुला दल नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी एमालेको संयुक्त सरकारले अधिनायाकिपन मात्र होइन नालायिकी पनि चरम रुपमा पुर्याएको छ। 

एमाले उसै पनि उमत्त त्यसमा पनि केपी शर्मा ओली नै पार्टी अध्यक्ष त्यसमाथि प्रधानमन्त्री। नेपाली कांग्रेस गफै गर्ने, बेतुकको बिरोध गर्ने अन्तमा फुस्स हुने लुते पार्टी फेरी पनि सावित भएको छ। 

आफैं ठुलो पार्टी भएपछि आफ्नो नेतृत्वमा अरु प्रजातान्त्रिक पार्टीहरुको सपोर्ट लिएर सरकारको नेतृत्व गर्नुपर्नेमा त्यसो गर्दैन। कहिले सानो दल माओवादीको नेतृत्वमा जान्छ त कहिले एमालेको। यो पार्टी हुती नभएको लुते पार्टी सावित भएको छ। 

उसो त बहुदल पछि धेरै पटक बेतुकको आन्दोलन गरेर अन्तमा फुस्सा भएको छ। अहिले आफ्नो काम पनि नगर्ने, पार्टी बेथितिमा राख्ने, कुनै ब्यक्तिको पछि लाग्ने, आफ्नै पार्टी नेताका भ्रष्टाचार लुकाउन अरुलाई दोष दिने गरेको छ। 

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पछि नेपालका साबै पार्टीहरुलाइ काउसो भएको छ। उसको उदयले मिलेर लुट्ने काममा बाधा भएको छ। बाध्य बनाएर नागरिक पेल्ने काममामा प्रश्न आएको छ। त्यसीले एमाले र कंग्रेसहरु रास्वपाको कटाक्षमा उत्रिएका छन्। 

तिन-तिन तहका अदालतले ज्यानमारा प्रमाणित गरेका कैदीलाइ छुटाउने काम गर्ने, मान्छेलाइ जिउँदै इँटा भट्टीमा जलाउने आफ्ना नेताको बचाउ गर्ने, भारतीय नागरिक कैलाश सिरोहीयासँग मिलेर देश लुट्नेहरुलाइ पार्टी नेता बनाउने, गुण्डाहरुलाई नेता बनाउने एमाले कांग्रेसहरुले उल्टो बाटो हिंड्न थालेका छन्।   

Comments
Related News
Latest Post