जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल यूथ नेटवर्कको घोषणा

अमेरिका, २० सेप्टेम्बर।जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको  अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको  घोषणा गरिएको हो। समितिमा ३० भन्दा बढी देशबाट जुझारु र जोशिला युवाहरू जोडिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिले नेपालमा स्वास्थ्य प्राविधिकहरूको  एकदमै आवश्यकता रहेको बताउनु भयो। उहाँले स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउँदै  एकद्वार प्रणाली बनाएर लागू गर्ने सरकारको योजना रहेको जनाउनु भयो।  उहाँले गाउँबाट बिरामी लिएर एकै पटक काठमाडौँ आउने प्रचलनलाई निरुत्साहित गर्दै रिफर गर्ने प्रणालीलाई प्रभावकारी बनाउन सरकार लागि परेको जनाउनु भयो।  

रोग लाग्नु भन्दा अगाडी नै रोकथामको लागि जनचेतना जगाउनु पर्ने भन्दै उहाँले औषधिको मूल्य समायोजन गर्ने काममा सरकार लागि रहेको जानकारी दिनु भयो।   उहाँले नवगठित  ग्लोबल युथ नेटवर्कका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनु भयो।  उहाँले  छोटो समयमै तीव्र गतिमा संसारभर विस्तार भै रहेको   जय नेपाल इन्टरनेशनल फाउन्डेशनलाई  विदेशमा रहेका नेपालीहरूसँग रहेको सीप, श्रोत र अनुभव नेपालको हितमा प्रयोग गर्न सफलता मिलोस भन्ने शुभकामना दिँदै फाउन्डेशनसंग सहकार्य गर्न सरकार तत्पर रहेको बताउनु भयो।  

कार्यक्रमका सभापति तथा  जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले यो संस्था सबैसँग मिलेर काम गर्नको लागि स्थापना गरिएको हो, यो सबै संस्थाको सहयोगी संस्था हो भन्नु भयो। उहाँले  सकभर नेपालमै युवाहरूलाई रोक्ने, विदेशमा रहेका युवाहरूको सीप नेपालसँग जोड्ने साथै प्रजातान्त्रिक मूल्य मान्यता प्रति आस्थावान  वैचारिक रुपमा असल नागरिक तथा सकारात्मक व्यक्ति निर्माण गर्न आफूहरूले प्रयास गरिरहेको जनाउनु भयो। उहाँले संस्थाको  आजीवन तथा  साधारण सदस्यता लिन पनि सबैलाई अनुरोध गर्नु भयो।

जय नेपाल इन्टर नेशनल फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल प्र. काफ्लेले सबै अतिथिहरूलाई स्वागत गरेका थिए।  कार्यक्रमको पहिलो चरणमा केन्द्रका महासचिव अग्नि चौंलागाईले संचालन गरी दोस्रो चरणमा युवा समितिका महासचिव नवराज न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो। 

जय नेपाल इन्टर नेशनल फाउन्डेसन ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले नेपालको विकाशका लागि ज्ञान आदान प्रदानका लागि संस्था सदैव तयार रहेको जानकारी गराउनु भयो। जय नेपाल इन्टर नेशनल फाउन्डेसन कार्य समितिको तर्फबाट क्यानडाका अध्यक्ष सुमन वास्कोटाले सबै लाई धन्यवाद दिँदै सबै लाई संस्थासँग जोडिन आव्बाहन गर्नु भएको थियो। नव निर्वाचित कार्यसमितिको तर्फबाट केन्द्रीय सदस्य सिजन दाहालले सबैलाई धन्यवाद दिनु भएको थियो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, पूर्व सांसद बिजुला बर्मा राणा,  कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री केदार कार्की, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्षहरू डा केशव पौडेल, बुद्धि सागर सुबेदी, पूर्व उपाध्यक्ष दिलु पराजुली लगातयको उपस्थती रहेको थियो।

Comments
Related News
Latest Post