एमाले-कांग्रेसले नैतिक पतन सहित १६ देशका लागि राजदूत अनुमोदन गरे

संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि नैतिक पतन भएका समेत गरी नेपाली राजदूतको नाम अनुमोदन भएको छ।

राजदूत अनुमोदित भएपनि रास्वपाका सांसद डीपी अर्यालले दक्षिण अफ्रिकाका लागि राजदूत श्रेष्ठ, इजरायलका लागि पण्डित र मलेसियाका लागि राजदूत तिम्सिनामा उच्च नैतिक चरित्र नदेखिएकाले उनीहरूलाई राजदूत पदमा नियुक्तिमाथि फरक मत राखे। उनले राजदूत पदमा उच्च नैतिक आचरण भएको व्यक्ति नियुक्त हुनुपर्नेमा कपिलमान श्रेष्ठमा त्यो आचरण नभएको उल्लेख गरे।

समितिको निर्णय अनुसार अमेरिकाका लागि लोकदर्शन रेग्मी र बेलायतका लागि चन्द्र कुमार घिमिरेको नाम अनुमोदन भएको छ। चीनका लागि प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शंकरप्रसाद शर्मा, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेतीको नाम अनुमोदन भएको छ। 

इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहेम्फे र स्पेनका लागि सनिल नेपालको नाम अनुमोदन भएको छ।

समितिको बैठकबाट अनुमोदन भएका राजदूतहरूको अब सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ।

Comments
Related News
Latest Post