राष्ट्रपति निर्वाचनमा एस्ट्रोनटहरुले ISS बाट भोट गर्ने, विदेशमा बस्ने नेपालीको मताधिकार?

बिगतमा झैं यो बर्षको अमेरिकाको राष्ट्रपति निर्वाचनमा एस्ट्रोनटहरुलाइ इन्टरनेश्नल स्पेश स्टेशन (ISS) मा एबसेण्टी ब्यालेट एक्सेस पठाइने भएको छ। अमेरिकाले १९९७ देखि नै आईएसएस/ISS बोर्डमा रहेका एस्ट्रोनट मतदाताहरुलाइ मतदानन गर्ने अधिकारको लागि ब्यबस्था गर्दै आएको छ। पहिलो पटक पृथ्वी भन्दा २५० माइल माथि बाट उनीहरुले २००४ मा मतदान गरेका हुन्। 

यसका लागि अमेरिका बाहिर जस्तोकी स्पेस, मारिन, सब्मरिन, मिलिटरी या बैदेशिक सेवामा हुनेहरुले एबसेण्टी ब्यालेट फर्म भरेर जानुपर्छ। त्यसलाई बिचमा सहजै फेर्न पनि सकिन्छ। अमेरिकाले कतिपय देशहरुमा भने पुलसेन्टरको पनि ब्यबस्था गरेको छ। 

यूएस फेडरल भोटिङ्ग एजेन्सीका अनुसार ४.४ मिलियन भन्दा धेरै अमेरिकीहरु अमेरिका बाहिर बस्छन। त्यसमध्ये २.८ मिलियन मतदानका लागि योग्य छन्। दक्षिण एसियामा मात्र १० हजार भन्दा धेरै अमेरिकनहरु बस्छन।

कहिले काहीं लाग्छ स्पेस सेन्टरबाट मतदान कसरी गर्छन होला ? यसका लागि जनसन् अर्थ सेन्टरले इब्यालेट पठाउने एड्रेस इम्ले या क्रेडेन्सियल काउण्टी क्लार्क अफिससँग मिलेर गर्छ। एस्ट्रोनटहरुले इमेलमा इब्यालेट एक्सेस पाउँछन् र मतदान गर्छन। 

यो पटक स्पेस सेन्टरमा अड्किएका दुइ एस्ट्रोनटहरु Sunita Williams र Butch Wilmore ले फर्कन नपाएपछि एबसेण्टी ब्यालेट मगाएका छन। स्टार लाइनर क्याप्सुलको खराबीका कारण उतै बस्नुपरेका ती दुइ अमेरिकी एस्ट्रोनटहरुले मत गर्ने सो कुरा अहिले सबै च्यानलहरुले समाचार बनाएका छन्। 

स्पेस सेन्टरमा पठाउने १ किलो सामानको खर्च स्पेस एक्स ड्रागनले २३ हजार ३०० अमेरिकी डलर अर्थात ३१ लाख २० हजार ५६९ रुपैयाँ जति लिन्छ। यदि इब्यालेट नभएर एबसेण्टी ब्यालेट स्पेस सेन्टरमा लगेर फिर्ता ल्याउने हो भने ३ देखि ५ लाख रुपैंयाँ या त्यो भन्दा धेरै सम्म खर्च हुन्छ। 

एक मतको मूल्य भन्दा पनि प्रजातान्त्रिक अधिकारको मूल्य हुँदैन, अमुल्य हुन्छ भन्ने प्रमाण हो यो अमेरिकी ब्यबस्था। तर बिदेशमा बस्ने नेपालीहरुको लागि २०१७/१८ तिर नै नेपालको सर्वोच्च अदालतले विदेशमा बस्ने नेपालीहरुलाइ मतदानको ब्यबस्था गर्न आदेश दिएको छ। तर त्यो ब्यबस्था अहिले २०२४ सेप्टेम्बर सम्म ६ बर्षमा पनि पुरा भएको छैन।

Comments
Related News
Latest Post