उपसभामुख चपाउन र हटाउन एमाले-कांग्रेसको पुरा तयारी

नेपालकी उपसभामुख इन्दिरा राना मगरको डेढ वर्षभन्दा पुरानो एक पत्रलाई आधार बनाउँदै एमाले र काँग्रेले उनलाई चपाउन र हटाउन एकमत भएको छ। ठूला ठूला भ्रष्टाचार र अनियमिततामा सरकारमै केही मन्त्रीका साथै गठबन्धनमा रहेका नेताहरुमाथि प्रश्न लुकाउन उपसभामुखको विषयलाई उचाल्दै सत्ता गठबन्धनले पदबाट हटाउने रणनीतिमा अघि बढाएको छ। 

तर यसलाई प्रतिपक्षी रास्वपा र माओवादी सहितका दलहरुले भने संवैधानिक परिषद्मा बहुमत पु-याउने उद्देश्यले उपसभामुखको विषयलाई अनावश्यक उछालेको आरोप लगाउँदै आएका छन्।

रानाले उपसभामुखको लेटरहेड प्रयोग गरेर २०७९ फागुन १४ मा अमेरिकाको एक कार्यक्रममा जानका लागि पाँच जनालाई भिसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन भन्दै नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ। तर सो पत्र कसरी पाहिरियो भन्ने कुरा चाहि चासोको बिषय छ। दुताबासले कुनै पनि पत्र सार्वजनिक गर्दैन।

Comments
Related News
Latest Post