एक महिनामा ६०२ विपद घटना, सरकार मौन किन ? सांसद डा. कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री तथा सांसद डा. तोसिमा कार्कीले घटना र दुर्घटनाको रेकर सहित संसदमा विपद ब्यबस्थापनबारे जरुरी महत्वको बिषयमा जोडादार कुरा उठाइन।

उनले संसदमा उठाएको बिषय अनुसार यो पछिल्लो एक महिनामा एक महिनामा ६०२ वटा विपदका घटना घटे।सो  सन्दर्भमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा साँढे दुइ घण्टा चल्यो। २८ जना सांसदहरुको सुझाब संसदले सरकारलाइ निर्देशन दिएन र सरकार मौन बस्यो।

सो बिषयमा स्वयं गृहमन्त्रीले दिएको जवाफ कता हरायो ? सरकार के का लागि हामी सांसदको समय र बिषय के का लागि ? जवाफ चाहियो सभामुख ज्यू।

यो सरकारले विपदको जोखिम नोक्सांकन, पूर्व तयारी र व्यवस्थापनको तयारी र गतिबिधि केहि पनि देखिएन। मैले जानकारी पाइन्। छ भने के छ संसदलाई जानकारी गराइयोस्।‌ सुन्य समय, प्रतिनिधि सभा, मिति २०८१/०५/१८

सांसद डा. कार्कीले उठान गरेको बिषयको फेसबुक लिंक हेर्न यो हाइपर लिंक क्लिक गर्नुहोस।

Comments
Related News
Latest Post