एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्स र स्पेनमा नेपाली लोक संस्कृतिको प्रदर्शन

सितल आचार्य/काठमाडौं/सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई बिश्वसामु परिचित गराउदै आइरहेको एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्सको Castres Saint Girons, Saint Julien, Vic Sur Cere, Dax लगाएतका शहरहरुमा र स्पेनको Les Preses तथा Barcelona मा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरबमय प्रस्तुति दिएर फर्किएको छ। भिभिन्न शहरमा नेपाल सहित बिश्वका ४५ भिभिन्न देशका  २००० भन्दा  बढी कलाकारहरुले भाग लिएको थिए, मेला फ्रान्सका भिभिन्न शहरहरुमा अगस्ट ३ देखी १८, २०२४ सम्म र स्पेनमा अगस्ट १९ देखी अगस्ट ३१, २०२४ सम्म चलेको थियो।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला-रामचन्द्रको नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्य सिताको निर्देशनमा गएको टोलीको नृत्य निर्देशन नृत्य निर्देशक जोगेन्द्र केसीले गरेका थिए। टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो। उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनि, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, बज्रपानी, लाखे, यती, सोरठीका साथै दर्जनौ नृत्यहरु प्रदर्शन गरिएको थियो।

मेलामा वाध्यबादक धनेस्वोर तिवारी, गायक रामप्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदन मान मुनिकार, कृष्ण रसाल, चुडामणी फुयाल, शर्मिला तमाङ, चाहना राना मगर, अनिशा श्रेष्ठ, रमेश प्रशाद पौडेल डिपी कोइराला, प्रदीप तिमील्सिना तथा बाल कलाकार सिराज कोइरालाले भाग लिएका थिए।

Comments
Related News
Latest Post