अब गाइजात्र होइन ३६४ को दैनिक यात्रा:दाहालको नुन चिनी पानी

३६४ दिन नै गाईजात्रा मनाउने देश नेपालमा अर्को एक दिन पनि थपेर वर्ष भरी नै मनाउने गरिन्छ। व्यङ्ग्य गर्दा-गर्दा साहित्यकार र कलाकारहरु थाक्न लागे पनि गैंडाको छाला भिरेका नेताहरुलाई भने खासै असर नपर्ने जनताको प्रतिक्रिया आउँने गरेको छ। 

प्रवासका विषयहरुलाई अलिक बढी समेटेर नुन चिनी पानी मार्फत व्यङ्ग्य गर्दै आएका कलाकार अर्जुन दाहाल यो साल पनि लाडे ढाडे र साँढे नाम गरि गाईजात्रा ल्याएका छन्। लाडे- बोलेको नबुझिने, ढाडे- तरखान पल्केका, साँडे- सिङ देखाउँदै तर्साउने कलाकार देखि मिडिया सम्मलाई राम्रै दनक हानेका अर्जुन दाहालले यो भन्दा पहिला पनि विभिन्न मिडिया तथा स्टेजबाट हास्यव्यंग्य गर्दै आएका छन्।

Comments
Related News
Latest Post