कृष्ण के सी, अमेरिका, अगष्ट १९, २०२४
यो लेखन ललितपुर जिल्लाको क्षेत्र नम्बर # ३ बाट नेपालको संघिय संसदमा निर्वाचित हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री, सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसीमा कार्कीसंग फोनमा भएको कुराकानीमा आधारित छ।
अगष्ट १७, २०२४ शनिबारका दिन सांसद डा. कार्कीसंग ३० मिनेट ६ सेकेण्ड कुरा भएछ। त्यो अमुल्य समयमा मैले आफूलाइ परिचय दिने, उहाँका कुरा सुन्ने, केहि प्रश्न गर्ने र उहाँले माग्नु भए अनुसार जानेसम्मका सुझावहरु दिनेकाम सम्पन्न भयो।
त्यो बिचमा धेरै कुरा भए तर आज चाहिं मुख्य रुपमा उहाँले उठानु भएको र मलाई मनले छोएको विदेशमा बस्ने नेपालीहरुका लागि उहाँको योजनाको एउटा मात्र बिषयलाइ यहाँ पस्कने प्रयास गरेको छु।
सांसद डा. कार्कीज्यू; सर्वप्रथम त ललितपुर जिल्लाको क्षेत्र नम्बर तीन (३) बाट नेपालको संघिय संसदमा अत्याधिक मत ल्याएर बिजयी हुनुभएकोमा हार्दिक बधाई। तपाइँ मेडिकल डाक्टर त्यसमा पनि अभाव हुँदै गएको सक्षम सर्जन हुनुहुन्छ। उमेरले जवान अनि थुप्रै इजर्जी भएको सक्रिय व्यक्ति हुनुहुन्छ। मेडिकल क्षेत्रमा बिशाल भविष्य हुँदा-हुँदै राजनीतिमा किन आउनु भयो ? सार्वजनिक ठाउँ, यहाँको पार्टी र संसदमा पनि यहाँले धेरै बिषयमा कुरा उठाउनु भएको छ। त्यसका लागि धन्यवाद।
नेपालीहरु विदेशमा पनि बस्छन। अनुमानिक रुपमा भारत समेत नेपालको एक तिहाइ जनसंख्या विदेशमा छन्। तपाइँको निर्वाचन क्षेत्रबाट पनि विदेशमा गएर बस्ने नेपाली मुलका बिदेशी र बिदेशमा बस्ने नेपालीहरुको संख्या ठुलो छ। उहाँहरुको लागि के गर्नुभएको छ र के गर्न र भन्न चाहनुहुन्छ? उनीहरुको लागि यहाँको के के योजना छन्? यसबारेमा केहि बताईदिनुहुन्छ ?
सांसद डा. कार्की:
सर्वप्रथम त मलाइ संघिय संसदमा जिताउन सहयोग र साथ दिनुहुने तपाइँ सहित सबैलाई धन्यवाद। दोश्रो कुरा म राजनैतिक रुपमा संघिय सांसद हुँ तर पेशागत रुपमा मेडिकल डाक्टर/सर्जन पनि हुँ। संसदको कामसँगै मैले आफ्नो पेशा पनि भ्याउँदा र मिल्दा सेवा दिएकै छु। म राजनीतिमा रहे या नरहे पनि यो मेडिकल पेशाको सेवा निरन्तर रहन्छ। भोली म राष्ट्रपति नै भएछु भने पनि छुट्टीको दिन या निस्केको समयमा मेडिकल प्राक्टिस गर्छु, आवश्यक परेका बिरामीहरुलाइ सेवा दिन्छु।
अर्को कुरा, हाम्रो देशमा २००७ साल देखि अहिले सम्म प्रजातन्त्र, पंचायत, बहुदलका नाममा बिभिन्न राजनैतिक ब्यबस्था आए र गए। अहिले लोकतन्त्र छ। यो ७४ बर्ष भन्दा लामो प्रजातान्त्रिक अभ्यासमा हाम्रो देश पुर्ण प्रजातान्त्रिक ब्यबस्था र सफल अर्थतन्त्र भएको हुनुपर्ने हो। तर त्यसो भएन र भएको पनि छैन। त्यसैले म र म जस्ता प्राबिधिक र मानबीय सेवाका पेशामा रहेकाहरु पनि राजनीतिमा आउनु परेको हो।
यदि राजनैतिक दल र राजनैतिक कर्मीहरुबाट यो ७ दशक लामो समयमा सहि काम भएको भए १० प्रतिशत भन्दा कम नागरिकहरु मात्र राजनीतिमा आउन चाहन्थे होलान। तर यहाँ हरेक नागरिक कुनै न कुनै रुपमा सक्रिय राजनीतिमा छन्। यसलाई खराब त भन्दिन तर सहि भएको भन्ने ठाउँ पनि छैन। कारण चाहीं राजनैतिक चेतनाले होइन अन्य क्षेत्रमा संभावना कम भएकाले हो भन्ने मेरो बुझाइ छ।
अझै भन्छु, म राजनीति र मेडिकल दुवै सेवा आजीवन गर्न सक्दिन होला। कुनै न कुनै ठाउँ र उमेर समयमा पुगेर यी सेवाबाट रिटायर्ड हुनुपर्छ। तर सक्दा सम्म, मिल्दा सम्म र भ्याउँदा सम्म दुवै सेवा गर्न छोड्दिन।
जसरी कुपोषण भएको व्यक्तिलाइ सबै खाना र पाएजति सबै कुरा एकै पटक खाउँ जस्तो लाग्छ। त्यसैगरी नेपाल देशलाइ पनि कुपोषण भएको छ। राजनैतिक, सामाजिक र आर्थिक रुपमा नेपाललाइ सुकेनास लागेको छ। डिहाइड्रेट रे एनिमिया पनि भएको छ। मानव शरिरको मेटाबोलिज्मले जस्तै देशको सिष्टमले पनि काम गर्न सकेको छैन। त्यहि सुकेनास लगातको उपचार गर्न पनि म, तपाइँ र हामीहरु राजनीतिमा आउनु परेको हो।
बाँकी अरु कुरा पछि गरुँला तर अहिले चाहिं यहाँले जिज्ञासा राख्नु भए अनुसार मेरो तयारीका कुरा बताउन चाहन्छु। अबश्य पनि मैले मेरो निर्वाचन क्षेत्रका नगरिक, मतदाता र वासिन्दा सबैको लागि एक सांसदको हैसियतले गर्नुपर्ने सेवा बिनाभेदभाव र बिनापूर्वाग्रह मेडिकल सेवा जस्तै राजनैतिक सेवा पनि दिनुपर्छ। यसमा को कुन दलको, कुन आस्थाको, कसले मत दिए या दिएनन त्यो कुरा आउँदैन। मेरो निर्वाचन क्षेत्रका सबै वासिन्दा मेरा हुन् र म उनीहरुको लागि निर्वाचित भएको हुँ।
धेरैले प्रशाशनिक सेवा, दैनिक नागरिक सेवाका काममा दु:ख पाएको गुनासो गर्नुभएको छ। त्यसैगरी बृद्ध, शारिक रुपमा अशक्त, गर्भवती महिला, मानसिक रोगी लगायतलाइ जनप्रशासनका सेवाहरु सहज नभएको कुरा आएका छन। विदेशमा बस्नेहरुको पनि यहाँ सम्पति सुरक्षा, प्रशासनिक र अन्य सेवा लगायतका विषमा समस्या भएको र त्यस संबन्धि सहज ऐन नभएको, बनेका ऐनकानुन र कार्यविधि पनि संबिधानसंग बझिएका जस्ता धेरै कुरा मेरोमा आएका छन्।
यहाँ त मेरो क्षेत्रमा म आफैं पनि भिजिट गर्छु, भेट हुन्छ कुरा हुन्छ। तर जो विदेशमा बस्नुहुन्छ उहाँहरुको कुरा प्रत्यक्ष सुन्ने र बुझ्ने योजना बनाएको छु।
धेरै युवाहरू देश बाहिर हुनुहुन्छ। उहाँहरुका वृद्ध भएका आमाबुवा मात्र यहाँ हुँदा उहाँहरूको स्वास्थ्य उपचार, स्याहारसुसार गर्न कठिनाइ भएको अवस्था छ। यसका पनि सहज उपायहरु छन्। स्वास्थ्य बीमा र जेष्ठ नागरिक सम्बन्धी स्वास्थ्य उपचारलाई सुदृड बनाउनु पर्ने आवश्यकता छ। विदेशमा हुनुहुने नेपालीहरुलाइ यहाँ देशमा हुनुभएका परिवासदस्यहरुको स्वास्थ्यप्रति ढुक्क हुने अवस्था सिर्जना गर्नुपर्नेछ। त्यसको लागि पनि उहाँहरूको राय प्रतिक्रिया लिन चाहन्छु।
मेरो क्षेत्रबाट विदेशमा बस्नुहुनेहरु सबैजनासँग साक्षात्कार गर्ने योजना गर्दैछु। उहाँहरुको कुरा सुन्न, बुझ्न र सकेको सेवा दिनु पनि मेरो कर्तब्य हो। अब छिट्टै मेरो सचिवालयबाट एउटा इमेल र फोन या कुनै ब्यबस्था गर्दैछु। मेरो क्षेत्रबाट विदेशमा बस्नुहुने सबैसँग नियमित साक्षात्कार गर्दैछु।